भारतको मन्त्रिपरिषद् बैठक भौतिक रुपमा एक वर्षपछि बस्यो

भारतको मन्त्रिपरिषद् बैठक एक वर्षपछि मात्रै भौतिक रुपमा बसेको छ। कोरोना भाइरसको महामारीका कारण भर्चुअल माध्यमबाट बस्दै आइरहेको बैठक बुधबार भौतिक रुपमै बसेको जनाइएको थियो।

मन्त्रिपरिषदमा व्यापक फेरबदल गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै निवासमा बैठक बसालेका हुन्। बैठकमा विषेश गरेर आगामी संसद अधिवेशनबारे छलफल भएको श्रोतले जनाएको छ।

भारतको संघीय संसदको वर्षे अधिवेशन यही जुलाई १९ मा सुरु भइ अगस्ट १३ मा अन्त्य गर्ने तय भएको छ।

प्रधानमन्त्री मोदीले बैठकमा कोरोना भाइरसको महामारी न्यूनीकरणका लागि भइरहेको काम र आगामी योजनाबारे पनि छलफल चलाएका जनाइएको छ।

भारतको मन्त्रिपरिषद् बैठक भौतिक रुपमा एक वर्षपछि बस्यो

वेष्ट इन्डिजमाथि अष्ट्रेलियाको जित

Leave a comment

Your email address will not be published. Required fields are marked *