वेष्ट इन्डिजमाथि अष्ट्रेलियाको जित

एजेन्सी । वेष्ट इन्डिजमाथि अष्ट्रेलियाले चौंथो टी–ट्वान्टी क्रिकेटमा रोमाञ्चक जीत निकालेको छ। सेन्ट लुसियामा बिहीबार भएको खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिजलाई ४ रनले पराजित गरेको हो।

जारी पाँच खेलको सिरिजमा अष्ट्रेलियाको यो पहिलो जित समेत हो। अष्ट्रेलियाले दिएको १ सय ९० रनको लक्ष्य वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८५ रन मात्र बनाउन सक्यो।

अन्तिम ओभरमा वेस्ट इन्डिजलाई जितका लागि ११ रन आवश्यक थियो। तर, अष्ट्रेलियन बलर मिचेल स्टार्कले ५ बलमा कुनैपनि रन खर्चेनन्। उनको अन्तिम बलमा रसेलले छक्का प्रहार गरेपनि वेस्ट इन्डिज जित निकाल्न सफल भएन।

वेस्ट इन्डिजका लेन्डल सिमोन्सले ७२ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन्। इभिन लेविसले ३१ रन जोड्दा कप्तान निकोलस पुरनले १६ रन बनाए। यस्तै फाबियन एलनले २९ रन जोड्दा आन्द्रे रसेलले अविजित २४ रन बनाए।

बलिङमा अष्ट्रेलियाका मिचेल मार्सले ३ विकेट लिए। एडम जाम्पाले २ विकेट लिए। यस अघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो।

अष्ट्रेलियाका मिचेल मार्शले ७५ रनको अर्धशतकीय इनिङ्स खेले। कप्तान आरोन फिन्चले ५३ रनको अर्धशतकीय इनिङ्स खेल्दा डान क्रिस्टियनले अविजित २२ रन जोडे।

वेस्ट इन्डिजका ह्येडेन वाल्सले ३ विकेट लिए। ओसने थोमस आन्द्रे रसेल र फाबियन एलनले एक एक विकेट लिए। वेस्ट इन्डिज भ्रमणमा रहेको अष्ट्रेलियाले सिरिज भने यस अघि नै गुमाईसकेको छ । पाँच खेलको सिरिजमा वेस्ट इन्डिज ३–१ ले अघि रहेको छ। दुई टोलीबीचको अन्तिम तथा पाँचौ खेल शनिबार हुनेछ।

वेष्ट इन्डिजमाथि अष्ट्रेलियाको जित

जाजरकोट : कमसल कालोपत्रे गरेको भन्दै स्थानीयवासीले

वेष्ट इन्डिजमाथि अष्ट्रेलियाको जित

भारतको मन्त्रिपरिषद् बैठक भौतिक रुपमा एक वर्षपछि

Leave a comment

Your email address will not be published. Required fields are marked *