सल्यानमा बढी भाडा लिने सवारी साधनमाथि कारबाही

सल्यान । तोकिएभन्दा बढी भाडा लिने, सवारी कागजात नभएका र क्षमताभन्दा बढी यात्रु बोकेका सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय सल्यानले कारबाही थालेको छ।

सवारी साधनहरूले बढी भाडा लिएको जनगुनासो आउन थालेपछि चेकजाँजका क्रममा १० वटा सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

३ वटा बस, २ वटा जिप, १ भ्यान र ४ वटा अटोलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताए। जिल्लामा सञ्चालन भइरहेका सवारी साधनले बढी भाडा लिने गरेको गुनासो बढेपछि चेकजाँचलाई कडाई गरिएको उनको भनाइ छ।

सल्यानमा बढी भाडा लिने सवारी साधनमाथि कारबाही

YUGAAWHAN NATIONAL DAILY (2078-03-31)

Leave a comment

Your email address will not be published. Required fields are marked *