बघेनी ढुंगामा माटो हालेर ढाकेजस्तै कसैको पनि ईतिहाँस बिर्सन पाईदैन : खनाल

दुल्लू नगरपालिका ३ का वडाअध्यक्ष कलम बहादुर खनालले कसैले पनि अर्काको ईतिहाँसलाई ढाकछोप गर्न नहुने बताएका छन् । दुल्लू नगरपालिका ४ मा अवस्थित मौरीकोट विद्यालयको ३९ औं वार्षिक उत्सव समारोहमा प्रमुख अतिथिको भुमिकामा रहेका खनालले आफ्नो मन्तव्यको क्रममा उक्त धारणा राखेका हुन ।
कार्यक्रमका वक्ताहरुले आफुले र आफ्ना पुर्खाहरुले विद्यालय स्थापनाकालमा गरेका योगदानलाई पछिल्लो समय ओझेलमा पार्ने कार्य भैरहेको भन्दै आपत्ति जनाएपछि सोको जवाफस्वरुप खनालले उक्त कुरा प्रष्टा पारे ।
उनले दुल्लूमा अवस्थित बाघढुंगाको कथा स्मरण गर्दै भने दुल्लूमा बाघढुंगाको साथमा एउटा बघेनी ढुंगापनि रहेको र उक्त बघेनी ढुंगाले राजदरबारलाई पिडादिने भएकाले उक्त ढुंगालाई माटो हालेर पुर्ने गरिएको थियो त्यसरी नै पछिल्लो परिवर्तनपछि विगतको ईतिहाँसलाई बिर्सने र आफ्नो योगदानको मात्रै गुणगान गाउने संस्कारको विकास भैरहेको अवस्था रहेको तितो सत्य भएकाे छ ।

शैक्षिक गुणस्तर कायम नरहेको भनेर अधिकांशले उठाएको प्रश्नमा उहाँले विद्यालयहरुलाई राजनितिक किल्लाको रुपमा विकास गरिने परिपाटिले कुनैपनि शिक्षकले विद्यार्थी र विद्यालय व्यवस्थापन समितिको डर नमान्ने अवस्था आएको बताउनुभयो । दुल्लूमा रहेको विजया माध्यामिक विद्यालयको स्थापनाकालमा आफ्ना बुबा प्रधानपञ्च देवीराम खनालले गरेको योगदान स्मरणका क्रममा उनले भने मेरो बुबाले तत्कालीन समयमा आफ्नो धानको खेत बेचेर चन्दास्वरुप विद्यालयलाई गरेको सहयोगले अहिले पनि आफुलाई गौरवान्वित बनाएको छ ।
२०४६ सालको परिवर्तनपछिको राजनितिक संस्कारले दलको व्यक्तिहरु विद्यालयमा भर्तिहुने र विद्यार्थीको पढाईप्रति भन्दापनि आफ्ना व्यक्तिगत काम र राजनितीक दलहरुका कार्यक्रममा अधिकांश समय बिताउने भएकाले गुणस्तर कायम हुन नसकेको हो । विद्यालय स्थापनको ३९ वर्ष पुग्दापनि हालसम्मका प्रशासनहरुबाट एउटा कार्यक्रमपनि हुन नसक्नुले सबैको ईतिहाँस ओझेलमा परेकाले हालका प्रधानाध्यापक टंक बहादुर कार्की र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरम बहादुर भण्डारीलाई धन्यवाद समेत दिए ।

प्रधानाध्यापक टंक कार्कीले संचालन गर्नुभएको उक्त कार्यक्रममा प्रमुख अतिथि कलम बहादुर खनाल,अतिथिहरु दुल्लू नगरपालिका ४ का वडाअध्यक्ष भरत प्रसाद उपाध्याय,विद्यालयका स्थापनाकालका प्रधानाध्यापक ज्वाला प्रसाद खनाल,स्थापनाकालका अध्यक्ष अविचन्द्र नेपाल,छिमेकी विद्यालयका प्रधानाध्यापकहरु जनकबहादुर कार्की, छविलाल कार्की, पुर्णबहादुर कार्की, खगेन्द्र कुमार महत, विद्यालयका पुर्व प्रधानाध्यापकहरु सारदा कार्की, डम्वर खनाल, दुल्लू नगरपालिकाका कानूनी सल्लाहकार खगेन्द्र खनाल, विजया माध्यामिक विद्यालयका प्रधानाध्यापक केशवबहादुर भण्डारी, विद्यालयका पुर्व वि.व्य.स.अध्यक्षहरु, स्थानीय राजनितिक दलका प्रतिनिधीहरु, विद्यालयका पुर्व विद्यार्थीहरु, हालका विद्यार्थीहरु, अभिभावक लगायतको बाक्लो उपस्थिति रहेको थियो ।






