रानाले पाए निर्धनको यसपालिको छात्रवृत्ति

 दुर्गा विसि

निर्धन उत्थान लघुवित्तिय संस्था सल्लिवजार शाखाद्वारा यो पटकको कक्षा १२ उत्कृष्ट अंक ल्याउने विद्यार्थी रमेशवहादुर रानालाइ सो छात्रवृत्ति प्रदान गरेको छ ।

शैक्षिक सत्र २०७७ को सर्वोउत्कृष्ट अंक ल्याउन सफल लिलावति महतराको छोरा रमेश रानालाइ डाक्टर हरिदेव पन्त छात्रवृत्ति रकम ६ हजार स्वरुप सो रकम हस्तान्तरण गरिएको हो ।

शाखा प्रमुख निमवहादुर घर्तीले कार्यलयका कर्मचारीहरु र लेखा प्रमुख नारायण आचार्यको उपस्थितिमा उक्त छात्रवृत्ति रकम प्रदान गरिएको जनाएको छ ।

यसपटकको कक्षा १२ मा सबै भन्दा वढि अंक ल्याउन सफल विद्यार्थीलाई सधैं झै यश पटक पनि उक्त छात्रवृत्ति रकम निर्धन उत्थान लघुवित्तिय संस्था सल्लिवजार शाखाले दिएको जनाएको छ । शिवालय, १ जाजरकोट निवासी रमेश रानाले उक्त छात्रवृत्ति पाएको जनाएको छ ।

रानाले पाए निर्धनको यसपालिको छात्रवृत्ति

बघेनी ढुंगामा माटो हालेर ढाकेजस्तै कसैको पनि

Leave a comment

Your email address will not be published. Required fields are marked *