‘लाखे’ का लागि नेपाल आए आर्यन

 

फिल्म ‘लाखे’ अभिनयका लागि अभिनेता आर्यन अधिकारी स्वदेश फर्किएका छन् । अभिनय अध्यापन र शारिरिक एक्सरसाइजका लागि भन्दै दुई बर्षदेखि अमेरिका रहेका उनी फिल्म ‘लाखे’ अभिनयकै लागि भनेर हालै स्वदेश फर्किएका हुन् ।

मल्टिस्टार कलाकार लिएर बन्न लागेको फिल्म ‘लाखे’ आफ्नो रोजाइमा परेकोले नेपाल फर्किएको आर्यनले बताए । ‘फिल्मको कथा पनि राम्रो छ । निर्माण टिमले जुन हिसावले फिल्मको काम गरिरहेको त्यसले पनि मलाई लोभ्याएको हो’ आर्यनले भने ‘फिल्ममा मेरो भुमिका निकै राम्रो छ । त्यही कारण पनि फिल्म छोड्न सकिन ।’ ‘लाखे’ को जस्तो चरित्रमा आफुले सायदै पाउने उनले सुनाए ।

आर्यनका अनुसार लाखेको अलवा अन्य केही फिल्मको उनलाई अफर छ । ति फिल्मको स्क्रिप्ट पढ्ने काम समेत उनले गरिरहेका छन् ।

‘लाखे’ सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म हो । ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सिजन अर्याल हुन् ।
गणेश मल्ल ठकुरीको प्रस्तुकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, सुशील सिटौला, बर्षा राउत लगायत थुप्रै कलाकारको अभिनय रहनेछ ।

‘के म तिम्रो होइन र’ बाट फिल्म डेब्यु गरेका आर्यनले यस अगाडि ‘बटरफ्लाई’, ‘बाँध मायाले’ लगायत अभिनय गरेका थिए ।

‘लाखे’ का लागि नेपाल आए आर्यन

प्रतिनिधि सभाकाे अर्काे बैठक पुस ६ गते

‘लाखे’ का लागि नेपाल आए आर्यन

बर्दिया -बाँके कम्प्लेक्समा आजदेखि बाघ गणना सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *