प्रतिनिधि सभाकाे अर्काे बैठक पुस ६ गते बस्ने

काठमाण्डाै :  प्रतिनिधि सभाको १० औँ अधिवेशनको पहिलो बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोध गरेको छ । आज मङ्गलवार बसेको प्रतिनिधि सभाको १० औँ अधिवेशनको पहिलो बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोधलाई निरन्तरता दिएकाे हो ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाणका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल प्रहरी, प्रहरी प्रदेश, प्रहरी कार्यसम्पादन सुपरिवेक्षण समन्वय पहिलो संशाेधन अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८ र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश २०७८ पेस गर्नुभयो ।

त्यस्तै भौतिक पूर्वाधार तथा संसदीय मामिलामन्त्रीका तर्फबाट पनि मन्त्री बडूले रेल्वे अध्यादेश २०७८ पेस गर्नुभयो । त्यस्तै यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ पनि मन्त्री बडूले बैठकमा पेस गर्नुभयो ।

एमालेले आजदेखि सुरु भएकाे संसद्काे हिउँदे अधिवेशनको पहिलो बैठकमा पनि आफूले गरेको सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै विरोध गरेको हो । यसअघिको अधिवेशनमा पनि एमालेले यही विषयलाई लिएर संसदमा अवराेध गरेको थियो । प्रतिनिधि सभाको अर्को बैठक पुस ६ गते मङ्गलवार दिउँसो १ बजे बस्नेछ ।

प्रतिनिधि सभाकाे अर्काे बैठक पुस ६ गते बस्ने

शिक्षक सेवा आयोगले शिक्षक पदमा चरणवद्ध रुपमा

प्रतिनिधि सभाकाे अर्काे बैठक पुस ६ गते बस्ने

‘लाखे’ का लागि नेपाल आए आर्यन

Leave a comment

Your email address will not be published. Required fields are marked *