२० हजार अफगानीलाई शरण दिने क्यानडाको घोषणा

एजेन्सी । तालिबानको बढ्दो हिंसाको कारण देश छाड्न बाध्य भएका अफगानिस्तानका नागरिकहरूलाई मद्दत गर्ने क्यानडाले घोषणा गरेको छ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ट्विट गर्दै अफगानिस्तानमा स्थिति खराब हुँदै गरेको र त्यहाँका जनताको जीवन खतरामा रहेको बताएका छन्।

उनले ट्विटरमा लेखेका छन्‚ ‘उनीहरूको मद्दतका लागि हामी रिसेटल्मेन्ट प्रोग्राम विस्तार गरिरहेका छौँ। हामी प्रभावित बनेका २० हजार जना अफगानिस्तानका जनतालाई शरण दिन्छौँ र यो प्रक्रियालाई चाँडो बनाउँछौँ।’

२० वर्षपछि अमेरिकी नेतृत्वको विदेशी सैनिकले अफगानिस्तान छाडेपछि तालिबानले त्यहाँ हिंसा मच्चाइरहेको छ। उसले देशका विभिन्न भू-भागमा कब्जा गर्दै सर्वसाधारणको हत्या गरिरहेको छ भने महिला तथा बालबालिकालाई चरम यातना दिइरहेको बताइएको छ।

देशभरि लडाइँ फैलिँदै जाँदा एक करोड ८४ लाख मानिसलाई मानवीय आवश्यकता पर्न सक्ने मूल्यांकन गरिएको राष्ट्रसंघले जनाएको छ।

२० हजार अफगानीलाई शरण दिने क्यानडाको घोषणा

जुम्लामा पहिरोबाट एकै परिवारका तीन जनाको मृत्यु

२० हजार अफगानीलाई शरण दिने क्यानडाको घोषणा

भारतमा कोरोना संक्रमणदर घट्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *