नाइजरको विद्यालयमा भीषण आगलागी, २० बालबालिकाको मृत्यु

एजेन्सी । अफ्रिकी मुलुक नाइजरको राजधानी नियामेस्थित एक विद्यालयमा मंगलबार लागेको भीषण आगलागीमा परेर झण्डै २० जना बालबालिकाको मृत्यु भएको छ ।

अग्नि नियन्त्रकहरूका अनुसार परालले छाएको विद्यालयका २१ वटा कक्षाकोठामा क्षति पुगेको छ। झण्डै २० जना बालबालिका तिनै कक्षाकोठामा थुनिएर आगोको चपेटामा परेका थिए ।

अग्नि नियन्त्रण विभागका कमान्डर सिडी मोहमदले उद्धारकर्ताहरूले आगो तत्कालै नियन्त्रणमा ल्याएको बताए।’आगो निकै भयानक रहेकाले सबै बालबालिकालाई बचाउन सकिएन, उनीहरू भाग्न पनि सकेनन्’, उनले भने ।

आगलागी शुरु हुँदा बालबालिका आआफ्ना कक्षाकोठामा पढिरहेका प्रत्यक्षदर्शीले बताएका छन्। यद्यपी, आगलागीको खास कारण थाहा हुन सकेको छैन।प्रधानमन्त्री ओहोउमोन्डोउ मोहमदुले तत्कालै घटनास्थलको निरीक्षण गरेका छन् ।

विश्व मानव विकास सूचकांकमा नाइजर सबैभन्दा गरिब मुलुकमा पर्दछ। साहेल क्षेत्रको यस मुलुकमा अधिकारीहरूले परालले छाएका धेरै विद्यालय बनाएका छन् । जहाँ बालबालिका प्रायः भुईमा बसेर पढ्ने गर्दछन् । यी विद्यालयमा आगलागीका घटना भइरहन्छन्, तर यति भयानक आगलागी यसअघि भएको थिएन ।

नाइजरको विद्यालयमा भीषण आगलागी, २० बालबालिकाको मृत्यु

रगत जम्ने समस्या देखिएपछि जोन्सन एन्ड जोन्सनको

Leave a comment

Your email address will not be published. Required fields are marked *