मौलानालाई गिरफ्तार गरिएपछि पाकिस्तानभर हिंसात्मक प्रदर्शन

एजेन्सी । धार्मिक नेता साद हुसैन रिजवी र उनका कयौं सहयोगीहरू गिरफ्तारीमा परेपछि समर्थकहरूले पाकिस्तानका अधिकांश स्थानमा प्रदर्शन गरेका छन् ।

त्यहाँ प्रहरीले आतंकवाद प्रतिरोधी कानूनबमोजिम तहरिक–ए–लब्बैज पाकिस्तान पार्टी (टीएलपी) का कयौं नेताहरूलाई पक्राउ गरेको छ ।

लाहोर प्रहरीले तहरिक ए लब्बैज पाकिस्तानका प्रमुख साद हुसैन रिजवी र अन्य नेताहरूलाई पाकिस्तानको दण्ड संहिताका अलग–अलग धारा लगाएर पक्राउ गरेको हो । साद हुसेन तहरीक–ए–लब्बैक पाकिस्तानका संस्थापक नेता मौलाना खादिम हुसैन रिजवीका पुत्र हुन् ।

आफ्ना नेता समातिएपछि आन्दोलनमा उत्रिएका लब्बैकका समर्थकहरूले ज्यान लिने उद्धेश्यले प्रहरीमाथि ढुंगामुढा गरिरहेका छन्  । उनीहरूको आक्रमणमा परि सिपाही मोहम्मद अफजलको ज्यान गएको छ ।

मौलानालाई गिरफ्तार गरिएपछि पाकिस्तानभर हिंसात्मक प्रदर्शन

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना

मौलानालाई गिरफ्तार गरिएपछि पाकिस्तानभर हिंसात्मक प्रदर्शन

नाइजरको विद्यालयमा भीषण आगलागी, २० बालबालिकाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *