दुर्घटना हुँदा १७ वर्षीया युवतीको घटनास्थलमै मृत्यु

तनहूँ २ फागुन, तनहूँ जिल्लाको आँबुखैरेनीचोकमा सडक दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । भारतीय ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिंदा ती युवतीको मृत्यु भएको हो ।मृत्यु हुनेमा लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं ६ भोर्लेटार निवासी १७ वर्षीया अन्बेषा पौडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ । प्रहरीका अनुसार पौडेलको घटनास्थलमै मृत्यु भएको हो ।प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाका अनुसार एन एल ०२ एन २९८६ नम्बरको ग्यास बुलेटले ना १९ प ९२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको र उक्त मोटरसाइकल ग ३ च २०८४ नम्बरको कारमा गएर ठोकिएको थियो । 

ग्यास बुलेट चालक भारत बिहार प्रदेश पूजारा जिल्ला बस्ने बर्ष ३० को पंकज कुमारलाई प्रहरीले नियन्त्रणमा दिएको छ मोटरसाइकल चालक चितवन भरतपुर महानगरपालिका वडा नं ४ का ५१ वर्षीय युवराज घिमिरे घाइते भएका छन । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।यसैगरी, कारचालक स्याङजा चापाकोट ८ बगैचाका ३७ वर्षीय श्रीराम घिमिरे सामान्य घाइते भएको प्रहरीलेजानकारी दिएको छ ।

दुर्घटना हुँदा १७ वर्षीया युवतीको घटनास्थलमै मृत्यु

सपनाले आत्म ह त्या गर्छु भनेपछि बिनयजंगको

दुर्घटना हुँदा १७ वर्षीया युवतीको घटनास्थलमै मृत्यु

१२ वर्षीया सुमित्रा विकको ११ जनाले सा’मू’हि’क

Leave a comment

Your email address will not be published. Required fields are marked *