फिल्म ‘म’ मुहूर्त

फिल्म अध्ययन गराउँदै आएको कन्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको फिल्म ‘म’ मुहूर्त गरिएको छ । सोमवार एक कार्यक्रमका बीच मुहूर्त गरिएको फिल्म २ वर्ष अगाडि निर्माण घोषणा गरिएको हो । ‘म’ सुर्वण थापाले निर्देशन गर्न लागेका हुन् ।
सुवर्णले यस अगाडि ‘सुनगाभा’ बनाएका थिए । प्रकाश पुरीको लेखन रहेको फिल्ममा सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, सविन श्रेष्ठ, निराजन प्रधान, रुविना थापा, प्रमोद अग्रहरी, संजोग रसाइली र पुनम श्रेष्ठ लगायतका कलाकारको अभिनय रहनेछ ।
आफ्नो अस्तित्वको खोजीमा रहेका पात्रका कथा फिल्मले भन्ने निर्देशक सुवर्ण थापाले बताए । उनले फिल्मको कथा बलियो भएकोले काम गर्न लागेको सुनाए । अभिनेता सरोज खनालले फिल्मको नाम ‘म’ भएपनि समाजभित्रकै कथा फिल्मले उठाएको बताए ।
‘फिल्म हेर्दा दर्शकले आफ्नै कथा पाउनुहुनेछ’ खनालले भने– ‘एक किसिमले यो फिल्म समाजको ऐना हो ।’ अभिनेत्री सरिता लामिछाने, अभिनेता सविन श्रेष्ठ लगायतले फिल्मको बिषयमा आफ्नो धारणा राखेका थिए ।






