डोरीले बाँधेर युवा कुट्ने जाजरकोटको जुनीचाँदेका वडाध्यक्ष ५ हजार धरौटीमा छुटे

सुर्खेत । डोरीले बाँधेर युवकलाई कुट्ने जाजरकोटको जुनीचाँदे गाउँपालिकाका–२ का वडाअध्यक्ष रामबहादुर नेपाली धरौटीमा छुटेका छन्। उनलाई पाँच हजार रुपैयाँ धरौटीमा छोडिएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

नेपालीले साउन १५ गते स्थानीय सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गरेका थिए । उनले युवकलाई कुटपिट गरेको भिडियो सर्वत्र सामाजिक सञ्जालमा भाइरल भएको थियो भने वडाअध्यक्ष नेपालीको चर्को आलोचना समेत भएको थियो ।

त्यही आधारमा प्रहरीले साउन २१ गते पक्राउ गरेर सदरमुकाम खलङ्गा पु¥याएको थियो । पीडित भनिएका सर्पे नेपालीले दिएको बयानका आधारमा अध्यक्ष नेपालीलाई धरौटीमा छोडिएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिए ।

पीडित सर्पेले वडाअध्यक्षको गल्ती नभएको, बरु मलाई जेल हाल, वडाअध्यक्ष ज्यूलाई थुन्न पाइँदैन भनेर अनौठो बयान दिएका थिए। यता स्थानीयले त झन वडाअध्यक्षको पक्षमा नारा जुलुस समेत गरेका थिए । नेपालीलाई आगामी भदौ १६ गते बकपत्र गर्न आउने सर्तमा छोडिएको हो ।

डोरीले बाँधेर युवा कुट्ने जाजरकोटको जुनीचाँदेका वडाध्यक्ष ५ हजार धरौटीमा छुटे

सलमानलाई भेट्ने मीराबाईको सपना पूरा

डोरीले बाँधेर युवा कुट्ने जाजरकोटको जुनीचाँदेका वडाध्यक्ष ५ हजार धरौटीमा छुटे

जुम्लामा मानिसलाई आक्रमण गर्ने भालुलाई गोली हानेर

Leave a comment

Your email address will not be published. Required fields are marked *