कांग्रेस संस्थापन इतर समूहका नेताहरु वरिष्ठ नेता पौडेलको निवास बोहोराटारमा

काठमाण्डौ : नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेताहरु बोहोराटारमा भेला भएका छन् ।

नेताहरु मिनेन्द्र रिजाल, महेश आचार्य, गगन थापा, बलबहादुर केसी, अर्जुननरसिंह केसीलगायतका नेताहरु नेता रामचन्द्र पौडेललाई भेट्न उहाँको निवास बोहोराटार पुगेका हुन् । केही दिनदेखि निरन्तर साझा उम्मेदवार तय गर्न छलफलमा जुटेको भए पनि अझै सहमति बनेको छैन ।

संस्थापन इतर समूहबाट सभापतिमा पौडेलसहित प्रकाशमान सिंह र डा।शेखर कोइराला आकाङ्क्षी हुनुहुन्छ । लगातारको बैठकमा सहमति जुट्न नसकेपछि निरास पौडेलले राजनीतिबाटै सन्यास लिने बताउनुभएको छ। सिंह र कोइरालाको नाममा सहमति हुन नसके पौडेललाई नै स्वीकारेर अघि बढ्ने गरी अन्तिम तयारी भइरहेको नेताहरुले बताएका छन् ।

कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वरिष्ठ नेता पौडेललाई सभापतिमा प्रस्ताव गर्न आग्रह गर्नुभएको छ ।

कांग्रेस संस्थापन इतर समूहका नेताहरु वरिष्ठ नेता पौडेलको निवास बोहोराटारमा

सरकारले बेइमानी गरे फेरि आन्दोलन सुरु गर्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *