सरकारले बेइमानी गरे फेरि आन्दोलन सुरु गर्ने भारतीय किसानको चेतावनी

काठमाण्डौ : भारतीय किसानले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।

एक वर्षदेखि विरोध प्रदर्शनमा रहेका किसानले आन्दोलन स्थगित गरेका हुन्। भोलिदेखि धर्नास्थल हटाउन सुरु गर्ने र भोलिदेखि नै घर फर्किने उनीहरुले बताएका छन् । अहिलेलाई आन्दोलन स्थगित गरे पनि एकर एक महिनामा समिक्षा बैठक बस्ने किसान नेताले बताएका छन् ।

केन्द्र सरकारले आफूहरुको माग पूरा गर्न बेवास्ता गरे फेरि आन्दोलन सुरु गर्ने उनीहरुले चेतावनी दिएका छन् । गएको महिना प्रधानमन्त्री नरेन्द्र मोदीले किसानको हित विपरीत रहेको भनिएका तीन वटा कानुन खारेज गर्ने निर्णय गर्नुभएको थियो । तर, सरकारले बेइमानी गरेमा फेरि आन्दोलन सुरु गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

कृषि क्षेत्र किसानको हातबाट ठूला व्यापारीको हातमा पुग्ने कानुन ल्याएको भन्दै किसान एक जुट भएर आन्दोलन थालेका थिए । यस्तै, उनीहरुले कृषि उपजको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न र किसानमाथि लागेको सबै मुद्दा फिर्ताको माग समेत गरेका छन् ।

सरकारले बेइमानी गरे फेरि आन्दोलन सुरु गर्ने भारतीय किसानको चेतावनी

सुन  चाँदीको भाउ आज घट्यो

सरकारले बेइमानी गरे फेरि आन्दोलन सुरु गर्ने भारतीय किसानको चेतावनी

कांग्रेस संस्थापन इतर समूहका नेताहरु वरिष्ठ नेता

Leave a comment

Your email address will not be published. Required fields are marked *