राष्ट्रिय सभा : शून्य समयमा तुइनदेखि सीमा अतिक्रमणका समस्या उठान

काठमाडौं : राष्ट्रिय सभाका सदस्यहरूले तुइन घटनाका पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्नुपर्ने तथा चुच्चे नक्सा बनेपछि भारतीय अतिक्रमणमा परेको लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ताका लागि पहल गर्नुपर्नेमा सरकारलाई सुझाव दिएका छन्‌।

राष्ट्रिय सभाको आजको शून्य समयमा भाग लिने सदस्यहरूले तुइन प्रकरण र भूमि फिर्ताका विषयमा भारतसित वार्ता गर्न सरकारसँग माग गरेका हुन्‌।

शून्य समयमा नेकपा (एमाले) का सांसद दीपा गुरुङले दार्चुलाको तुइन घटनामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) दोषी भएकाले कारवाहीको पहल गर्न सरकारसँग माग गरिन्‌। ​उनले महाकालीमा बेपत्ता जयसिंह धामीको परिवारलाई उचित क्षतिपूर्तिका लागि पहल गर्नुपर्नेमा पनि जोड दिइन्‌।

एमालेकै सांसद नैनकला ओझाले भारतद्वारा अतिक्रमित लिम्पयाधुरा, कालापानी र लिपुलेकलाई समेटेर चुच्चे नक्सा जारी गरिए पनि अब उक्त भूमि फिर्ताका लागि पहल गर्नुपर्ने बताइन्‌। उनले अतिक्रमित भूमि फिर्ता ल्याउन भारतसँग कूटनीतिकरूपमा वार्ता गर्न सरकारसँग माग गरिन्‌।

​यस्तै, एमालेकी सांसद नन्दा चपाईंले पछिल्लो समय देशभर महिला हत्या हिंसा र बलात्कारका घटना बढ्दै गएकोमा चिन्ता व्यक्त गरिन्‌। महिला हत्या हिंसा र बलात्कारका घटनामा कमी ल्याउन उचित कदम चाल्न उनले सरकारसँग माग गरिन्‌।

​यसैगरी नेपाली कांग्रेसका सांसद प्रकाश पन्तले अपाङ्गता भएका व्यक्ति अझै पनि आफ्नो हकअधिकारबाट वञ्चित भएको बताए। अपाङ्गता भएका व्यक्तिलाई उनीहरूको हकअधिकार दिलाउन सरकारले पहल गर्नुपर्नेमा उनले जोड दिए।रासस

राष्ट्रिय सभा : शून्य समयमा तुइनदेखि सीमा अतिक्रमणका समस्या उठान

म झ्यालबाट होइन, असाधारण जनमतसहित फेरि प्रवेश

राष्ट्रिय सभा : शून्य समयमा तुइनदेखि सीमा अतिक्रमणका समस्या उठान

म प्रधानमन्त्री बन्न जन्मिएको होइन : केपी

Leave a comment

Your email address will not be published. Required fields are marked *