अष्ट्रेलियाको लज्जास्पद हार, ६२ रनमै अलआउट

एजेन्सी : बंगलादेशविरुद्ध पाहुना टोली अस्ट्रेलियाले लज्जास्पद हार व्यहोरेको छ। पाँच खेलको टी-ट्वान्टी सिरिज घरेलु टिम बंगलादेशले ४-१ ले जितेको छ।

गएराति भएको अन्तिम तथा पाँचौ टी-ट्वान्टीमा बंगलादेशले अष्ट्रेलियालाई ६० रनले पराजित गरेको हो। शेर बंगला नेसनल स्टेडियममा बंगलादेशले दिएको १ सय २३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलिया ६२ रन जोड्दा अलआउट भयो।

बंगलादेशी बलर चम्किएपछि अष्ट्रेलिया १३ ओभर ४ बलमा अलआउट भएको हो। सिमित ओभरको क्रिकेटमा अष्ट्रेलियाको यो सर्वाधिक कम स्कोर हो। अष्ट्रेलियाका लागि कप्तान म्याथ्यु वेडले २२ रन जोडे। यस्तै बेन म्याकडेरमोटले १७ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। अष्ट्रेलियालाई सस्तैमा समेट्न शकिब अल हसनले ४ विकेट लिए। मोहमद सैफुदीनले ३ तथा नासुन अहमेदले २ विकेट लिए।

यस अघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो थियो। बंगलादेशका लागि मोहमद नाइमले २३ रन जोड्दा कप्तान महमुद उल्लाहले १९ रन बनाए। सौम्य सरकारले १६ रन बनाए भने महेदी हसनले १३ रन जोडे। शकिब अल हसनले ११ रन बनाए।

अष्ट्रेलियाका डान क्रिस्टियन र नाथन एलिसले २-२ विकेट लिए ।

अष्ट्रेलियाको लज्जास्पद हार, ६२ रनमै अलआउट

इपिएल ट्रफी सार्वजनिक, कार्लोस ब्रेथवेट र शोएब

अष्ट्रेलियाको लज्जास्पद हार, ६२ रनमै अलआउट

दार्चुला घटनाबारे सत्यतथ्य छानबिन गर्न सभामुखको माग

Leave a comment

Your email address will not be published. Required fields are marked *