दार्चुला घटनाबारे सत्यतथ्य छानबिन गर्न सभामुखको माग

काठमाडौं : दार्चुलामा महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन खोलिदिँदा जयसिंह धामी बेपत्ता भएकोप्रति सभामुख अग्निप्रसाद सापकोटाले ध्यानाकर्षण गराएका छन्।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले भने, ‘नेपालबाट भारत जाने क्रममा तुइनबाट खसेर मृत्यु भएकोप्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ। त्यसको सत्यतथ्य छानबिन गर्न माग गर्दछु।’

घटनाका दोषीलाई कारबाही माग गर्दै यतिखेर व्यापक विरोध भइरहेको छ। गृह मन्त्रालयले आइतबार दार्चुला घटना छानबिन गर्न सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो।

छानबिन समितिले दार्चुलामा अध्ययन गरेर फर्केको छ। १० दिनको समय दिएर गृह मन्त्रालयले छानबिन समितिलाई खटाएको थियो।

दार्चुला घटनाबारे सत्यतथ्य छानबिन गर्न सभामुखको माग

अष्ट्रेलियाको लज्जास्पद हार, ६२ रनमै अलआउट

दार्चुला घटनाबारे सत्यतथ्य छानबिन गर्न सभामुखको माग

अफगानिस्तान : सम्पादकको हत्या, एक पत्रकार बन्धक

Leave a comment

Your email address will not be published. Required fields are marked *