सिम्ता उज्यालो अभियानको ८० प्रतिशत काम सम्पन्न

दुर्गा विसि

सल्यान । सुर्खेतको सिम्ता गाउँपालिकाका टोल वस्ति वस्तिहरुमा विजुलि पुग्न सुरु गरेको छ ।गत वर्ष र यो पालि कोरोनाले समस्या तेर्साएर पनि काम भने रफ्तारमा अघि वढिरहेको गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसिले जानकारी दिएका छन् ।
अब केही महिना भित्रमा सबै टोल र वस्तिमा विजुलि वत्ति विस्तार हुने ठोकुवा गरिएको छ ।सिम्ता उज्यालो अभियानलाई घनिभुत पार्न,कर्णाली प्रदेश सरकार,संघीय सरकार र गाउँपालिकाको आर्थिक सहयोगमा सिम्ताका धेरै वस्तिमा वत्ति विस्तार हुन लागिएको छ ।
गाउँ पालिकाको ३ लक्ष मध्ये सिम्ता उज्यालो एक महत्त्वाकांक्षी र गौरवको लक्ष हो।काम शुरू भएदेखि कोरोना र अन्य प्राविधिक समस्याले काम ढिला भयो तर पनि सिम्ता उज्यालो अभियान करिब ८० प्रतिशत काम सम्पन्न भएको छ।बाकी काम पनि अब छिट्टै सम्पन्न हुने केसिको दावि छ । कोरोनाले अवरुद्ध नपुर्याएको भए २०७८ आषाढ मसान्तसम्म सबै वस्तिमा वत्ति वाल्ने लक्ष्य रहेको थियोे तर पुनः ४ महिना ढिलाइ भएको छ ।
तर पनि आषाढको सट्टा असौज मसान्तसम्ममा काम सक्ने अठोट राखिएको छ ।सम्भवतः त्यो पूरा हुने जनाएको छ । सिम्ता उज्यालो अभियान एक गाउँपालिका अध्यक्ष केसिको प्रमुख पलान भित्र पर्दैछ साथै उनको यो चुनावी ऎजेण्डा समेत पूरा हुने भएको छ।विभिन्न निकायको करिव ३० करोड वढि लागतमा सिम्ता उज्यालो अभियानले सार्थकता पाउँदै छ ।
वजेटको अधिकतम सदपयोग हुने देशकै गनिएको गाउँपालिका भित्र सिम्ता परेको छ । हरेक विकास निर्माणकार्य समेत उचित समयमै पूरा गर्ने,लक्ष्य भन्दा राम्रो काम गर्ने स्थानीय तहमै यो गाउँपालिका औंलामा गणना गर्ने गरिएको छ ।






