लिभरपुलको सहज जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको साविक विजेता लिभरपुलले सहज जित निकालेको छ। शनिबार राति सम्पन्न खेलमा लिभरपुलले साउथह्याम्पटनलाई २–० गोल अन्तरले पराजित गरेको हो।

घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन साडियो माने र थियागो अल्कानटाराले एक एक गोल गरे।

खेलको ३१ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि खेलको ९० औं मिनेटमा थियागोले गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए।

जितसँगै लिभरपुलले च्याम्पियन्स लिगमा छनोट हुने आशा कायम राखेको छ। लिभरपुलले च्याम्यिन्स लिग छनोटका लागि अब बाँकी रहेका ४ वटै खेल जित्नु पर्ने छ।

लिभरपुल ३४ खेलमा ५७ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ। साउथह्याम्पटन ३७ अंक जोडेर १६ औं स्थानमा रहेको छ।

लिभरपुलको सहज जित

भारतमा ६५ नेपाली डाक्टर १ वर्षदेखि बिना

लिभरपुलको सहज जित

भारतमा लगातार चौथो दिन चार लाख कोभिड–१९

Leave a comment

Your email address will not be published. Required fields are marked *