कोरोनाभाइरसबाट भारतमा थप २१ हजार सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट थप २१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । त्यहाका अधिकारीहरुका अनुसार शुक्रबार भारतमा थप २१ हजार २५७ जना सङ्क्रमित भएका हुन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा पछिल्ला केही दिनदेखि दैनिक औसतमा २० हजार नयाँ सङ्क्रमित थपिने गरेको जनाएको छ ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दुई लाख ४० हजार २२१ जना रहेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । यो सङ्ख्या २०५ दिन पछिकै सवैभन्दा कम भएको पनि मन्त्रालयले जनाएको छ ।

भारतमा पछिल्लो समयमा दैनिक सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढ्दै गइरहेको र नयाँ थपिने सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि कम हुदै गएको हो ।–एएनआई

कोरोनाभाइरसबाट भारतमा थप २१ हजार सङ्क्रमित

एमालेको बैठक स्थगित,अर्को बैठक असोज २५ गते

कोरोनाभाइरसबाट भारतमा थप २१ हजार सङ्क्रमित

प्रदेश १ का मुख्यमन्त्री आचार्यले कात्तिक ५

Leave a comment

Your email address will not be published. Required fields are marked *