भारतमा बनेको दुर्गा मुर्ति दैलेखमा स्थापना

सुर्खेत । दैलेखको तल्लो डुंगेश्वरमा रहेको चर्चित शक्ति पिठ डुंगेल मन्दिरमा दुर्गाभवानीको मन्दिर स्थापना गरिएको छ । व्यक्तिगत लगानीमा वाशु आचार्यले दशैँको अवसरमा दुर्गाभवानीको मन्दिर निर्माण गरेका हुन् । वीरेन्द्रनगर नगरपालिका ५ चिसापानीमा बस्दै आएका आचार्यले निर्माण सम्पन्न भएको मन्दिरको अनावरण घटस्थापनाको दिन पारेर गरेका हुन ।

भारतको चंढीगढबाट मुर्ति स्थापना गरिएको आचार्यको भनाई छ । मन्दिर निर्माणमा पाँच लाख खर्च भएको उनको भनाई छ । ‘पछिल्लो युवापुस्ताले आफ्नो संस्कृति जगेर्ना गर्नमा चासो नदिँदा सबैले हाम्रा शक्ति पिठहरुको संरक्षण गर्नुपर्छ सन्देश दिन मन्दिर निर्माण गरेको हुँ,’ आचार्यले भने, ‘घटस्थपनाको दिनमा पुजाको आयोजना गरेर मन्दिरमा मुर्ति अनावरण गरेको छु ।’ आगामी दिनमा उनले दैलेखका अन्य धार्मिक शक्ति पिठहरुमा मन्दिरहरु निर्माण गर्ने योजना पनि रहेको बताएका छन ।






