साफ च्याम्पियनसिप फुटबल स् नेपाल फाइनलमा पुग्ने सम्भावना बलियो

काठमाडौं : माल्दिभ्समा जारी १३ औं साफ च्याम्पियनसिप फुटबलमा नेपालको फाइनलमा पुग्ने सम्भावना बलियो भएको छ।

दाबेदार भारत लगातार २ खेलमा बराबरीमा रोकिँदा र अर्को खेलमा माल्दिभ्सले बंगलादेशलाई हराउँदा नेपालको सम्भावना बढेको हो। २ खेलमा शतप्रतिशत नतिजा ल्याएर ६ अंक जोडेको नेपालको फाइनलमा पुग्ने प्रबल सम्भावना देखिएको छ।

नेपाली राष्ट्रिय टिमका पूर्व सहायक प्रशिक्षक मेघराज केसी पछिल्ला नतिजाले नेपाललाई फाइनलमा पुग्ने मात्र होइन उपाधिकै हकदार बनाउने छाँट देखिएको बताउँछन्।

‘नेपालले जुन नतिजा दिइरहेको छ, अझ स्कोर गरिरहेको छ’, उनले भने, ‘यो उत्कृष्ट नतिजा हो, फाइनल मात्र नभई उपाधि नै जित्ने प्रबल दाबेदार नेपाल देखियो। नेपालले श्रीलंका र घरेलु टोली माल्दिभ्सलाई पाखा लगाइसकेको छ।

५ देश सहभागी प्रतियोगितामा नेपालपछि बंगलादेश, माल्दिभ्स र भारतको सम्भावना कायमै छ। नेपालले ३–२ ले हराएको श्रीलंका बलियो भारतलाई गोलरहित बराबरीमा रोक्न सफल भयो। भारतसँगको खेलमा शतप्रतिशत अंक नदिँदा श्रीलंकाले बंगलादेश र नेपालसँगको हार बिर्साएको छ तर फाइनल पुग्ने सम्भावना भने सकिएको छ।

भारतले पहिलो खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको थियो। बिहीबारको खेलमा बंगलादेशलाई माल्दिभ्सले २–० ले हराएपछि माल्दिभ्स तेस्रो स्थानमा उक्लिएको छ। उसको ३ अंक भएको छ।

३ खेल खेलिसकेको बंगलादेशले एक बराबरी र एक जितसँगै ४ अंक जोडेर दोस्रो स्थानमा छ। भारत २ अंक सहित चौथोे स्थानमा रहेको छ। बिहीबार श्रीलंकाले पहिलो एक अंक जोडेको हो। पाँचौँ स्थानको श्रीलंकाले ३ खेलमा १ अंक जोडेको छ।

अब नेपालले आइतबार भारतसँग खेल्दै छ। यो खेल जितेमा नेपाल एक खेलअगावै फाइनलमा पुग्नेछ भने बराबरीले पनि सम्भावना जीवितै रहनेछ तर हारले भने अरूको खेलमा निर्भर हुनुपर्नेछ। साफ च्याम्पियनसिपमा नेपालले आगामी २७ गते बंगलादेशसँग अन्तिम खेल खेल्नेछ ।

साफ च्याम्पियनसिप फुटबल स् नेपाल फाइनलमा पुग्ने सम्भावना बलियो

चुनौतीसँग लड्दै सफलतातिर

साफ च्याम्पियनसिप फुटबल स् नेपाल फाइनलमा पुग्ने सम्भावना बलियो

भारतमा बनेको दुर्गा मुर्ति दैलेखमा स्थापना

Leave a comment

Your email address will not be published. Required fields are marked *