टोकियो ओलम्पिक पुरुष फुटबलको स्वर्ण पदक ब्राजिलले जित्यो

एजेन्सी  : टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलको स्वर्ण ब्राजिलले जितेको छ। शनिबार भएको फाइनलमा स्पेनलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले स्वर्ण पदक जितेको हो।

ब्राजिललाई जित दिलाउन माथुएस कुन्हा र माल्कोमले एक एक गोल गरे। स्पेनका मिकेल ओयार्जाबलले एक गोल फर्काए। खेलको ३८ औं मिनेटमा ब्राजिलका रिचार्लीसनले पेनाल्टीमा गोल गर्न सकेनन्। पहिलो हाफको इन्जुरी समयमा माथुएसले गोल गर्दै ब्राजिललाई १-० को अग्रता दिलाए।

खेलको ६१ औं मिनेटमा ओयार्जाबलले गोल गर्दै स्पेनलाई १-१ गोलको बराबरीमा फर्काए। त्यसपछि निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो। अतिरिक्त समयमा ब्राजिलका माल्कोम नायक बने। उनले खेलको १०८ औं मिनेटमा गोल गर्दै ब्राजिललाई २-१ को जितसहित स्वर्ण पदक दिलाए।

ब्राजिलले लगातार दोस्रो पटक ओलम्पिक फुटबलमा स्वर्ण जितेको हो। यस अघि ब्राजिलले घरेलु भूमिमा २०१६ मा भएको रियो ओलम्पिकमा समेत स्वर्ण जितेको थियो। त्यसअघि ब्राजिलले २००८ को बेइजिङ ओलम्पिकमा स्वर्ण जित्दा २०१२ को लण्डन ओलम्पिकमा रजत पदक जितेको थियो।

टोकियो ओलम्पिक पुरुष फुटबलको स्वर्ण पदक ब्राजिलले जित्यो

जुनीचाँदे घटनाका पीडितको अनौठो बयान- मलाई जेल

Leave a comment

Your email address will not be published. Required fields are marked *