जुनीचाँदे घटनाका पीडितको अनौठो बयान- मलाई जेल हाल, वडाध्यक्षलाई थुन्‍न पाइँदैन

सुर्खेत- जाजरकोटको जुनीचाँदे गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष रामबहादुर नेपाली तीन दिनदेखि प्रहरी नियन्त्रणमा छन्। सोही वडाका १८ वर्षीय युवा सर्पे दमाइलाई कुटपिट गरेको घटना बाहिरिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

पीडितलाई न्याय र वडाध्यक्षलाई कानुनी कारबाही गर्ने प्रक्रिया अगाडि बढिरहदा पीडित युवा नै वडाध्यक्षको बचाउमा लागेका छन्। ‘पीडितले गल्ती मैले गरेको हुँ, वडाध्यक्षलाई थुन्न पाइँदैन भनेर बयान दिएका छन्,’ जाजरकोटका डीएसपी मधुकुमार थापाले भने, ‘पीडितले उजुरीसमेत दिन मानेका छैनन्।’ पीडित नै वडाध्यक्षको बचाउमा लागेपछि प्रहरी अप्ठ्यारोमा परेको छ।

‘मदिरा खाएर गल्ती त मैले गरेको हुँ, थुन्ने भए मलाई थुन भन्छन्,’ पीडितको भनाई उदृढ गर्दै डीएसपी थापाले भने, ‘प्रहरीले पीडितलाई न्याय दिलाउने हो, यहाँ त पीडित नै वडाध्यक्षको बचाउमा लागेका छन्।’ पीडित युवाले बरू आफू जेल जान तयार हुने तर वडाध्यक्षलाई थुन्न नहुने अडान राख्दै आएका छन्। वडाध्यक्षले पीट्नु भएकै होइन भनेर उनले जिद्दी गर्दै आएका छन्।

पीडितले घटनामा आफू नै दोषी भएको जिकीर गर्दा प्रहरीलाई न्याय दिन अप्ठ्यारो भइरहेको छ। सम्झाउँदा नमानेपछि वडाध्यक्षले पिटे जस्तो मात्रै गरेको पीडितको बयान छ। वडाध्यक्ष र पीडित युवा प्रहरी नियन्त्रणमा छन्। पीडितले उजुरी नदिए पनि प्रहरीले वडाध्यक्षविरुद्ध शुक्रबार दुर्व्यवहारसम्बन्धी मुद्दा चलाएको छ।

‘वडाध्यक्षविरुद्ध पीडितले उजुरी दिएनन्, प्रहरीले भिडियोका आधारमा दुर्व्यवहारसम्बन्धी मुद्दा चलाएको छ,’ डीएसपी थापाले भने, ‘अब सोही अनुसार कानुनी कारबाही हुन्छ।’ प्रहरीले शुक्रबार जाजरकोट अदालतमामा वडाध्यक्षविरुद्ध दुर्व्यवहार सम्बन्धी मुद्दा दायर गरेको हो।

साउन १५ गते वडाध्यक्ष नेपालीले सर्पेलाई वडा कार्यालयमै डोरीले बाधेर कुटपिट गरेका थिए। घटना साउन १९ गते मात्रै बाहिरिएको थियो। वडाध्यक्ष पक्राउ परेपछि केही स्थानीयले पनि रिहाइको माग गर्दे विरोधप्रदर्शन गरेका थिए।

जुनीचाँदे घटनाका पीडितको अनौठो बयान- मलाई जेल हाल, वडाध्यक्षलाई थुन्‍न पाइँदैन

महाकवि देवकोटाले २६ वर्ष बिताएको त्यो घर

जुनीचाँदे घटनाका पीडितको अनौठो बयान- मलाई जेल हाल, वडाध्यक्षलाई थुन्‍न पाइँदैन

टोकियो ओलम्पिक पुरुष फुटबलको स्वर्ण पदक ब्राजिलले

Leave a comment

Your email address will not be published. Required fields are marked *