पत्रकार ज्ञवालीको निर्देशनमा ‘सरकार चाहियो’ गीत सार्वजनिक

काठमाडौं । ‘सरकार चाहियो’ बोलको गीत सार्वजनिक भएको छ। अमेरिकामा बस्दै आएका पत्रकार सतिश चापागाईंको शब्द रहेको गीतमा गायक शिशिर योगीले आवाज दिएका छन्।
गीतमा बी बी अनुरागीको संगीत छ। भिडियोमा कलाकार सुरवीर पण्डित, रश्मी भट्ट र चिरञ्जिवी सापकोटा (जिबी चिरन) को अभिनय छ। भिडियो सञ्चारकर्मी रामजी ज्ञवालीले निर्देशन गरेका छन्।
ज्ञवालीले यसअघि थुप्रै गीत तथा छिटो चलचित्र (सर्ट मुभी) निर्देशन गरिसकेका छन्। उनले ‘एक लभ’ ‘यात्रा’ ‘आइएम सरी’ ‘को हौ तिमी’ लगायतका सर्ट मुभी पनि निर्देशन गरिसकेका छन्।






