चलचित्र ‘खेदा’ सार्वजनिक

काठमाडौं । लिम्बू समूदायको विवाह तथा पालाम संस्कृतिमा आधारित लघुचलचित्र ‘खेदा’ अर्थात ‘कथा’ सार्वजनिक भएको छ ।

भूतपूर्व लाहुरेकी पत्नीले श्रीमान्को मरणोपरान्त निवृतिभरण (पेन्सन) थाप्न जाँदा आफ्नो नाती उमेर पुगेकोले बुहारी ल्याएन भन्ने गरेको चिन्ता र फर्किदा बुहारी लिएर फर्किएको कथा चलचित्रले विषयबस्तु बनाएको छ ।

विवाह संस्कृतिलाई नजिकबाट बुझाउन खोजिएको चलचित्रमा लिम्बू जातिको धाननाचबाटै मनपराइएको युवायुवतीबिच विवाहको लागि लाने÷जाने संस्कृति समेत रोचक तवरबाट देखाउन खोजिएको छ ।
रुकमान लिम्बू, सबनम साबा लिम्बू, यासेली योङ्हाङ लिम्बू, मनु थक्लुङ लिम्बू, नैनाकला आङदेम्बे नाम्लिङ अख्राबो लिम्बू, निर्मला तावा, नितुरानी नेम्बाङ, बत्तिमाया चोङ्बाङ, बुद्धमति लिम्बू, कृष्णमाया लिम्बू, दिपा सुहाङ, भीम सेनिहाङ लिम्बू, दिपा सुहाङ, जेपी नेम्बाङ लिम्बू, भिमसागर मादेम्बा लिम्बू, उदय बेघा लिम्बू, रेश्मा लिम्बू, सुमन लिम्बू, मनु नेम्बाङ, इन्दिरा हुक्पा चोङ्बाङ लिम्बू, मनकुमार वनेम लगायत अभिनय फिल्ममा छ ।

याक्थुङ केलाङ समूह र फेदाप केलाङ समूहको च्याब्रुङ नृत्य रहेको चलचित्रमा बुद्ध थापाको छायांकन, विकास दाहालको सम्पादन र लोकेन सावाको निर्देशन रहेको छ ।

चलचित्र ‘खेदा’ सार्वजनिक

तेलुगु फिल्म ‘मिशान इम्पोसिबल’ मा तापसी

चलचित्र ‘खेदा’ सार्वजनिक

के प्रेममा छन् वर्षा र राज ?

Leave a comment

Your email address will not be published. Required fields are marked *