गाब्रियल जिससले अर्जेन्टिनाविरुद्धको खेल गुमाउने

एजेन्सी । ब्राजिलियन स्ट्राइकर गाब्रियल जिससले अर्जेन्टिनाविरुद्धको कोपा अमेरिका फाइनल गुमाउने भएका छन् । दक्षिण अमेरिकी फुटबल संघले उनलाई थप एक खेल प्रतिबन्ध गरेपछि जिससले फाइनल गुमाउने निश्चित भएको हो।

यद्धपि संघको निर्णयको अर्का फर्वाड तथा कप्तान नेयमारले खुलेर विरोध गरेका छन् । ब्राजिली कप्तान नेयमारले आफ्नो इस्टाग्राममा लेखेका छन्, ‘यस्तो निर्णय गर्ने व्यक्तिहरुको अन्तर्गतमा रहनु निकै दुग्भार्यपूर्ण हो।’ उनले व्यङ्ग्य गर्दै लेखेका छन्। ‘उनीहरुले खेलको राम्रो विश्लेषण गरेरै होला यस्तो निर्णय गरेको हामीले धन्यवाद दिनुपर्छ।’

जिससले कोपा अमेरिका अन्तर्गत क्वाटरफाइनलका दौरान चिलीका इयुजिनियो मेनाको अनुहारमा फ्लाइङ किक प्रहार गरेपछि सिधै रातो कार्ड खाँदै उनी मैदान बाहिर गएका थिए।उनले आफूबाट गल्ती भएको स्वीकार्दै माफी मागेका थिए। यद्धपि उनीमाथिको कारबाही भने रोकिएन।

उनले पेरु विरुद्धको सेमिफाइनल गुमाएका थिए। दक्षिण अमेरिकी फुटबल संघले मंगलबार उनीमाथिको प्रतिबन्ध थप्ने निर्णय गरेको थियो। उनले आफुलाई दुई खेलको प्रतिबन्ध लगाएर अपिल गर्ने मौका समेत नदिइएको भन्दै संघको आलोचना गरे। उनको स्थानमा अब अर्जेन्टिनाविरुद्ध एभर्टन मैदान उत्रने छन्।

गाब्रियल जिससले अर्जेन्टिनाविरुद्धको खेल गुमाउने

सिड्नीमा लकडाउनमा पनि रोकिएन कोरोना संक्रमण

गाब्रियल जिससले अर्जेन्टिनाविरुद्धको खेल गुमाउने

कार्यदलका नेताहरू भन्छन् : लगभग सहमतिको विन्दुमा

Leave a comment

Your email address will not be published. Required fields are marked *