घुँयत्राे : कर्नाली सरकाराँ काँग्रेस नि गएछ

कर्नाली सरकाराँ काँग्रेस नि गएछ । पदभारका क्रममा सामाजिक विकास मन्त्रीले कोरोना नियन्त्रणका लागि प्रदेशका दशै जिल्लामा बजेट पठाउनुभा सुनियो । काँग्रेसका साथीहरुले मन्त्रीले रकम पठाको भनेर खुशी मनाको पाइयो । कोरोनाको लागि जिल्ला जिल्लाँ रकम पठाउनु राम्रो हो ।
मन्त्रालयमा आउने नयाँ मन्त्रीको पदबहालीका दिनमा नै फायल सदर गराएर मन्त्री र उनका कार्यकर्ता खुसी पारेर यसपछिका आर्थिक कार्यमा मन्त्रीलाई सजिलै आफ्नो हातमा लिन सकिने नियतका साथ जुन फायल सदर गराएर कर्मचारीहरु भष्टाचारको तयारी पोजिसनमा बस्याछन्, त्यो कुरालाई मध्यनजरमा राख्दै भोलीका दिनमा कर्मचारीको चुनौती स्वीकार्नुपर्ने कुरा मन्त्रीले विर्सनु हुँदैन ।
अहिलेका कर्मचारी राजनीतिक दलको हित बेगर काम गर्दैनन् । ३ बर्षदेखि कमिनिष्टले शासन हाँकेको छ । सबै मन्त्रालय र कार्यालयमा कमिनिष्ट प्रेरित कर्मचारी छन् । यस्ता कर्मचारीले काँग्रेसका मन्त्रीले जश पाउने खालको काम पदभार ग्रहण गर्दाको दिन गर्ने गरिगर्छन् । यो कदापी हुन सक्दैन । बरु यसको पछाडि ठूलो रहस्य लुकेको हुन सक्छ ।
सल्यानमा अक्सिजन प्लान्ट राख्न सरकारले छुट्याएको रकम मध्ये आधा मात्रै रकम सल्यान अस्पतालमा प्लान्ट राख्न दिने र बाँकी रकम बाँडिचुँडि खाने कर्मचारी यही मन्त्रालयका हुन् । जुनकुरा सबैलाई थाहा भैसकेको छ । यसपटक मन्त्रीबाट फायल सदर गराएर जिलाँ पठाउने भनेको रकममा आधा रकम आँफुहरुले खाएर आधा मात्रै जिल्लाँ पठाउन नि सक्छन् ।
यहाँका कर्मचारीले त्यसैले मन्त्रीज्युले रकम पठाएँ भनेर मख्ख पर्ने हैन, तोके अनुसारको रकम पठाए वा पठाएनन् र पाउने कार्यालयले के कुरामा कति कसरी खर्च गरेका छन् त्यताप नि निगरानी गर्नुपर्छ । कर्नालीमा भष्टाचारविरुद्ध लडन त्यति सहज छैन । अँझ मन्त्रीका वरिपरि घुम्ने मान्छेहरु पनि कम हुँदैनन् । उनीहरुको निगरानीमा मन्त्रीले कहिल्यै ढिलाइ गर्नु हुँदैन ।
आफ्नो आचरण र आचार विचारलाई सही राख्ने र कानुनी जानकारीका साथ काम अघि बढाउने हो भने काम गर्न कठिन पनि छैन । तर यही हो मौका लुटन सके लुट भन्ने तरिकाले जाने हो भने जतिसुकै बुँदे आचारसंहिता बनाएनि त्यसले कहिँ कतै रोक्दैन । न मन्त्रालयमा हाम्रा कर्मचारी छन्, न हिजो हामी सत्तामा थियौँ ।
तर अकस्मात मन्त्रालयका कर्मचारीले काँग्रेसले जश पाउने खालको फायल किन सदर गराए भन्ने कुरालाई शंकाको घेरामा राखेर मन्त्रीज्युले काम गरेमा कर्मचारीमा भष्टाचारको उत्साह घटनेछ भने भष्टाचारमा बदनाम भएको कर्नालीको सरकारप्रति हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आउनेछ ।
वेदर्षि






