लात्भियाको पोष्टमा जर्मनीको आधा दर्जन बढी गोल

काठमाडौं । जर्मनीले युरोकप अघिको अन्तिम मैत्रिपुर्ण खेलमा लात्भियामाथि ७-१ को प्रभावशाली जित निकालेको छ।

थोमस मुलरले दुई वर्षपछि अन्तर्राष्ट्रिय गोल गरेको खेलमा लात्भिया निरीह रह्यो । पहिलो हाफमानै पाँच गोलको अग्रता बनाउने क्रममा जर्मनिका गोसेन्स, गुन्डोगान, मुलर, गाब्रयले गोल गरेका थिए भने ओजल्सले आत्माघाति गोल जर्मनीलाई उपहार दिएका थिए।

दोस्रो हाफमा वेरनर र सानेले गोल थपे लाटभीयाका सेभिलजेभ्सले एक गोल फर्काएका थिए। कप्तान म्यानुअल नुएर एक सय क्याप जित्ने पहिलो जर्मनीका गोलरक्षक बने। जर्मनी छोड्न लागेका प्रशिक्षक जोचिम लोले डे सोमबारको खेलमा चार खेलाडीले परिवर्तन गरेका थिए।

जर्मनीले युरोको सुरूवात १५ जुनमा विश्व च्याम्पियन फ्रान्ससँगको खेलबाट गर्दै छ। समूह एफ मा रहेको जर्मनीसँग फ्रान्ससँगै पोर्चुगल र हंगेरी पनि रहेका छन्।

लात्भियाको पोष्टमा जर्मनीको आधा दर्जन बढी गोल

नाडाल र जोकोभिच फ्रेन्च ओपनको क्वाटरफाइनलमा प्रवेश

लात्भियाको पोष्टमा जर्मनीको आधा दर्जन बढी गोल

राष्ट्रिय विद्युत प्रशारणमा जोडियो कालीकोट

Leave a comment

Your email address will not be published. Required fields are marked *