राष्ट्रिय विद्युत प्रशारणमा जोडियो कालीकोट

सुर्खेत । कर्णाली प्रदेशको कालीकोट जिल्ला राष्ट्रिय विद्युत प्रशारणमा जोडिएको छ। दैलेखको दुल्लुबाट ११ केभी विद्युतलाईन विस्तार भएसँगै कालीकोट राष्ट्रिय विद्युत प्रशारणमा जोडिएको हो।

सोमबार रातिदेखि कालीकोटमा राष्ट्रिय विद्युत लाइन पुगेको कालीकोट वितरण केन्द्रका प्रमुख मेकराज जोशीले जनाए। ‘सोमबार राति १० बजे मात्रै लाइन छोडेका छौं,’ जोशीले भने, ‘तत्काललाई ११ केभीए मात्रै छ, हप्तादिनमै ३३ केभीए पुर्‍याउने तयारी हुँदैछ।’ ३३ केभीए विद्युत पुर्‍याउन दैलेख–दुल्लु खण्डमा काम भइरहेको छ।

राष्ट्रिय विद्युत प्रशासनण पुगेसँगै कालीकोटमा लोडसेडिङको अन्त्य भएको छ। यसअघि कालीकोटको मान्मा बजार क्षेत्र र आसपासमा जेनेहेटरबाट विद्युत वितरण गरिँदै आएको थियो। ‘पहिले आलोपालो गरेर दिनमा ६ घण्टा मात्रै विद्युत छोड्थ्यौं,’ वितरण केन्द्रका प्रमुख जोशीले भने, ‘हिजोदेखि लोडसेडिङको अन्त्य भएको छ, अब २४ घण्टा वत्ति आउँछ।’

गत वर्षसम्म कालीकोटमा पोतमारा जलविद्युत केन्द्रबाट विद्युत वितरण हुँदै आएको थियो। गत साउनमा आएको बाढी पहिरोले पावरहाउस बगाई दिएपछि मान्मामा जेनेहेटरबाट विद्युत वितरण गरिँदै आएको थियो। कालीकोटमा यसअघि नै खाँडचक्र नगरपालिका र सानीत्रिवेणी गाउँपालिकामा विद्युत लाइन पुगि सकेकको छ। हाल कालीकोटमा ३८ सयभन्दाबढी ग्राहक छन्।

कोरोनाको अवस्था सहज भएपछि थप ग्राहक (मिटर बक्स वितरण) बढाइने छ। कोरोनाका कारण मिटरबक्सहरू जिल्लामा पुगेका छैनन्। दैलेखदेखि कालीकोटसम्म झण्डै ३ सय किलोमिटरको टाढाको दुरीमा पर्दछ। कर्णाली प्रदेशका मुगु, जुम्ला, हुम्ला र डोल्पामा अझै राष्ट्रिय विद्युतलाईन पुगेको छैन।

राष्ट्रिय विद्युत प्रशारणमा जोडियो कालीकोट

लात्भियाको पोष्टमा जर्मनीको आधा दर्जन बढी गोल

राष्ट्रिय विद्युत प्रशारणमा जोडियो कालीकोट

जिप दुर्घटनामा चालकसहित एक महिलाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *