नाडाल र जोकोभिच फ्रेन्च ओपनको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । टेनिस स्टार राफेल नाडाल र नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा स्थान बनाउन सफल भएका छन् । ​ नाडालले जानिक सिनरलाई ७-५, ६-३ र ६-० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाए।

नाडालले क्वाटरफाइनलमा डियोगो स्वार्टम्यानसँग प्रतिष्पर्धा गर्ने छन्। साविक च्याम्पियन नाडाल कीर्तिमानी २१ औ ग्रान्डसलाम जित्ने प्रयासमा रहेका छन्। नाडाल फ्रेन्च ओपनका सर्वाधिक सफल खेलाडी हुन्।

त्यस्तै विश्व नम्बर एक नोभाक जोकोभिचले पनि क्वाटर फाइनलमा स्थान बनाउन सफल भएका छन्। १८ पटकका ग्रान्डसलामा विजेता जोकोभिचले संघर्षपुर्ण खेलमा १९ वर्षिय ७६ औँ बरियता प्राप्त लोरेन्जो मुसेत्तीलाई पराजित गरे।

उनले मुसेत्तीलाई ६-७, (७-९), ६-७ (२-७), ६-१, ६-० र ४-० ले पराजित गरे। अब क्वाटरफाइनलमा जोकोभिचले फेडेररले नाम फिर्ता लिएपछि सोझै क्वाटरफाइनल पुगेका इटालियन माटीयो बेरीटीनीसँग प्रतिष्पर्धा गर्ने छन्।

नाडाल र जोकोभिच फ्रेन्च ओपनको क्वाटरफाइनलमा प्रवेश

चीनले तीन वर्षमाथिका बालबालिकालाई खोप लगाउन अनुमति

नाडाल र जोकोभिच फ्रेन्च ओपनको क्वाटरफाइनलमा प्रवेश

लात्भियाको पोष्टमा जर्मनीको आधा दर्जन बढी गोल

Leave a comment

Your email address will not be published. Required fields are marked *