सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन्। विश्वासको मत प्राप्त गरेसँगै भट्ट दोस्रो पटक प्रदेशको मुख्यमन्त्री बन्नेछन् ।
आज बसेको प्रदेश सभा बैठकमा भट्टले विश्वासको मत प्राप्त गरेका हुन्। ५२ सदस्यीय प्रदेशसभा बैठकमा भट्टले ३० मत प्राप्त गरे भने विपक्षीमा ९ मत खस्यो ।
एमालेको नेपाल समूह भट्टको पक्षमा भोट हाल्यो भने नेपाली कांग्रेस तटस्थ बसेको थियो। यस्तै नेकपा एमालेको ओली समूहका ७ जना सांसद र जसपाका दुई सांसदले भने विपक्षमा भोट हालेका थिए ।
५२ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित २५ जना, माओवादी केन्द्रका १३ जना, नेपाली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टीका २ जना प्रदेशसभा सदस्य छन् ।






