२०८३ जेष्ठ ३० गते
×

Now Playing

बनगाड कुपिण्डेका १० स्थानमा वालविकास केन्द्रको कोटा वितरण

दुर्गा विसि

सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले केही समय अघि मावि,आधारभुत तह र प्रावि तहमम ४० वढि अनुदान शिक्षक राख्ने निर्णय गरेको थियोे । यहि जेष्ठ २१ गते वसेको नगर कार्यापालिकाको बैठकले नगरका विभिन्न विद्यालय र केही ससाना वालवालिका पढाइको पहुँच बाहिर तथा स्कुल कुपाएक पर्ने स्थानमा १० वटा वालविकास कोटा वितरण गरेको छ ।

ससाना वालवालिका पढाइको पहुँच बाहिर रहेका स्थानमा समेत त्यो व्यवस्थापन गरेको नगर प्रमुख गोविन्द कुमार पुनले जानकारी दिएका छन् ।कोभिडका कारण यतिखेर उक्त कोटामा पदपूर्ति हुन समस्या भए पनि केही मथर हुन साथ काम अघि वढ्ने जनाएको छ ।अनुदान कोटाका शिक्षक र वालविकासवाला कोटाको शिक्षक पदपूर्ति साथ साथै हुने जनाएको छ ।

वालविकास पाउने विद्यालय तथा नयाँ स्थान १० स्थान कुपिण्डेश्वरि प्रावि थारा,दिपेन्द्र प्रावि कौछे,जनता प्रावि काँराकोट,जनता प्रावि वस्नेउरा,कालिका वालविकास केन्द्र काँरागाउँ,वालविकास केन्द्र चैत्वा,मावि च्युरा,वालविकास केन्द्र गोवनकटेरा,वालविकास केन्द्र नाथेखोला र महादेव प्रावि ज्यामिरे रहेको सुचना अधिकारी धर्मराज ढकालले जानकारी दिएका छन् ।

कोभिडको कारण अहिले पदपूर्ति हुन नसके पनि केही निराकरण हुन साथ प्रक्रिया अघि वढाइने नगर शिक्षा अधिकारी चक्रबहादुर रावतले जानकारी दिएका छन् ।यसले वालविकास नभएका विद्यालय र पढनबाट टाढा विद्यालय रहेका वालवालिकालाइ निकै सहजता थपिने आसा राखिएको छ ।

बनगाड कुपिण्डेका १० स्थानमा वालविकास केन्द्रको कोटा वितरण

सुदूरपश्चिम प्रदेश : विश्वासको मतका लागि मत

बनगाड कुपिण्डेका १० स्थानमा वालविकास केन्द्रको कोटा वितरण

सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत

Leave a comment

Your email address will not be published. Required fields are marked *