ल्याङल्याङ अति भयो : सूर्य थापा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टी एकताका लागि भएका प्रयास असम्भव भएका बताएका छन् ।

उनले माधव नेपाल पक्षका शर्त स्वीकारेर एकता नहुने पनि बताएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै थापाले एकता प्रयासलाई ब्यङ्ग्यात्मक पारामा भनेका छन्, ‘तेल निकाल्न बालुवा होइन तोरी पेल्नुपर्छ।’

थापाले नेपाल पक्षले एकताका लागि अति ल्याङल्याङ गरेको बताएका छन् । ‘ल्याङल्याङ अति भयो ! अध्यक्षको वक्तव्य मानेर आउनेलाई स्वागत गरौं,असंभव कोशिस छोडौं।’,

थापा लेख्छन्। ‘माधवकुमार नेपालका शर्त स्वीकारेर त एकता हुँदैन। यी शर्तमा नेपाल गुटसँग होइन, देउवाको कांग्रेससँग बरू एकता होला। तेल निस्काल्न बालुवा होइन तोरी पेल्नुपर्छ। ल्याङल्याङ अति भयो। अध्यक्षको वक्तव्य मानेर आउनेलाई स्वागत गरौं,असंभव कोशिस छोडौं।’

ल्याङल्याङ अति भयो : सूर्य थापा

सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत

Leave a comment

Your email address will not be published. Required fields are marked *