‘निर्मला र भागरथीका दोषीलाई कानुनी दायरामा ल्याउँछौ, ढुक्क भए हुन्छ’प्रहरी बरिष्ठ उपरीक्षक मुकेशकुमार सिंह

बैतडी २६ माघ, बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्ट मृत फेला परेको पाँच दिन भईसकेको छ । भागरथी वेपत्ता भएको छ दिन र मृत फेला परेको पाँच दिन बितिसक्दा पनि अपराधी भने अहिले सम्म पत्ता लागेको छैन् । मृतकका परिवारले दोषी पत्ता नलागेसम्म शव नबुझ्ने अडान लिएका छन् । 

झण्डै साढे दुई वर्षअघि कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले प्रभावकारी अनुसन्धान गर्न सकेको थिएन् र अहिलेसम्म दोषी पक्राउ परेका पनि छैनन् । भागरथीको घटनामा संलग्न पनि उम्केलान् भन्ने चिन्ता अहिले धेरैमा छ । तर सुदूरपश्चिम प्रहरी बरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले भने दोषीलाई दण्डित गर्न अनुसन्धानको दायरा साँघुरो बनाईसकेको जानकारी दिएका छन ।

Leave a comment

Your email address will not be published. Required fields are marked *