हनी सिंहकी पत्नीको आरोप –ससुराले पनि गलत तरिकाले छुन खोज्थे

एजेन्सी : –यापर हनी सिंहमाथि उनकी पत्नी शालिनी तलवारले घरेलु हिंसाको आरोप लगाउँदै मुद्दा दर्ता गरेकी छन् । दिल्लीको तीस हजारी कोर्टमा दायर गरिएको १२० पन्नाको रिट निवेदनमा कयौँ आश्चर्यजनक खुलासा उनले गरेकी छन् ।

शालिनीले आफ्नो रिट निवेदनमा हनी सिंह मात्र नभएर सासू भूपिन्दर कौर र ससुरा सबरजीत सिंह र भाउजु स्नेहा सिंहमाथि पनि आरोप लगाएकी छन् । शालिनीले आफ्नो पतिको परिवारले गरेको अत्याचारको विरुद्ध सुरक्षा आदेश र अन्य राहतको माग गरेकी छिन् ।

रिट निवेदनमा शालिनीले एक घटनाबारे उल्लेख गर्दै ससुरामाथि पनि गलत हरकत गरेको आरोप लगाएकी छन् । शालिनीका अनुसार हनी सिंहका पिता बिना कुनै काम उनको कोठामा आउने गर्थे र एक पटक कपडा फेर्दै गर्दा कोठा आएर गलत तरिकाले छुन खोजेका थिए ।

हनी सिंहको कयौँ युवतीहरूसँग सम्बन्ध रहेको पनि शालिनीको आरोप छ । उनका अनुसार ‘ब्राउन रङ्ग दे’ गीतको सुटिङका क्रममा उनले हनी सिंहलाई यौन क्रियाकलापमा लिप्त रहेको बेला रङ्गे हात समातेकी थिइन् । त्यतिबेला हनी सिंहले आफूमाथि रक्सीको बोतल फालेको उनको दाबी छ ।

शालिनीका अनुसार विवाहको तस्विर सामाजिक सञ्जालमा भाइरल भएपछि हनी सिंह निकै अत्तालिएका थिए । त्यसपछि फोटो लिक गरेको आरोप लगाउँदै हनी सिंहले आफूलाई पिटेको उनको आरोप छ । हनी सिंहले आफ्नो वैवाहिक जीवनको अस्तित्व लुकाउन चाहेको शालिनीको दाबी छ ।

मिडिया रिपोर्टका अनुसार शालिनीले घरेलु हिंसाबाट महिलाको संरक्षण अधिनियम अन्तरगत हनी सिंहसँग १० करोड रुपैयाँ क्षतिपूर्ति माग गरेकी छन् । शालिनीले घरेलु हिंसाको मामिला दर्ता गरेपछि दिल्ली कोर्टले हनी सिंहलाई २८ अगस्तसम्म जवाफ पठाउन भन्दै नोटिस जारी गरेको छ । त्यस्तै, शालिनीको पक्षमा अन्तरिम आदेश जारी गर्दै हनी सिंह र उनको संयुक्त स्वामित्व रहेको सम्पत्ति बेचबिखनमा रोक लगाएको छ ।

हनी सिंहकी पत्नीको आरोप –ससुराले पनि गलत तरिकाले छुन खोज्थे

ब्रालेट टपमा दिशाको बोल्ड अवतार

हनी सिंहकी पत्नीको आरोप –ससुराले पनि गलत तरिकाले छुन खोज्थे

खोप केन्द्रमा हुने भिड नियन्त्रण गर्न मन्त्रालयको

Leave a comment

Your email address will not be published. Required fields are marked *