भारतमा कोरोना संक्रमित दर घट्दै

एजेन्सी । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्यामा कमी आएको छ। शुक्रबार सार्वजनिक गरिएको विवरणको तुलनामा शनिबार संक्रमितको संख्यामा कमी आएको हो।

शुक्रबारभन्दा शनिवारको विवरणमा झण्डै ६ हजार कमी देखिएको सरकारी अधिकारीले जानकारी दिएका छन्। शनिबार सार्वजनिक गरिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा ३८ हजार ६२८ जना नयाँ संक्रमित थपिएका छन्।

शुक्रबार सार्वजनिक गरिएको विवरणमा ४४ हजार ६४३ जना नयाँ संक्रमित भएको उल्लेख थियो। सरकारी अधिकारीका अनुसार पछिल्लो एकै दिनमा ४० हजार १७जना संक्रमणमुक्त भएका छन्। एउटै समयावधिमा नयाँ संक्रमितको संख्याभन्दा संक्रमणमुक्त भएकाको संख्या धेरै देखिएको छ।

भारतमा अहिले सक्रिय संक्रमितको संख्या चार लाख १२ हजार १५३ रहेको छ। अघिल्लो दिन चार लाख १४ हजार १५३ रहेको थियो। सरकारी अधिकारीका अनुसार भारतमा अहिलेसम्म कुल संक्रमित को संख्या तीन करोड १८ लाख ९५ हजार ३८५ पुगेको छ।

संक्रमितमध्ये १.२९ प्रतिशत मात्रै अहिले पनि संक्रमित नै छन्। संक्रमणमुक्त भइसकेको संख्या भने तीन करोड १० लाख पुगेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएर चार लाख २७ हजार ३७१ जनाको मृत्यु भएको छ। तीमध्ये ६१७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो। सरकारी अधिकारीका अनुसार भारतमा अहिलेसम्म ४७ करोड ८३ लाख जनाको कोरोना परीक्षण गरिएको छ।

भारतमा कोरोना संक्रमित दर घट्दै

बेलायतमा दुवै डोज खोप लगाएका सयौं व्यक्ति

भारतमा कोरोना संक्रमित दर घट्दै

कमेडी च्याम्पियनका भरतमणिलाई कोरोना संक्रमण

Leave a comment

Your email address will not be published. Required fields are marked *