बेलायतमा दुवै डोज खोप लगाएका सयौं व्यक्ति संक्रमित

एजेन्सी । बेलायतमा कोरोनाविरुद्धको पूर्ण डोज खोप लगाएका सयौं मानिस डेल्टा भेरियन्टबाट संक्रमित भएर अस्पताल भर्ना भएका छन्। उच्च संक्रामक रहेको कोरोनाको डेल्टा भेरियन्टका कारण खोप लगाइसकेका व्यक्तिहरु पनि अस्पताल भर्ना भएको बताइएको छ।

पब्लिक हेल्थ इङ्ल्याण्ड पिएचइले पूर्ण रुपमा खोप लगाएका व्यक्तिले डेल्टा भेरियन्ट सार्न सक्ने चेतावनी दिँदै खोप लगाएका/नलगाएका सबैलाई सजक हुन आग्रह गरेको छ। बेलायतमा जुलाई १९ देखि अगस्ट २ सम्म डेल्टा भेरियन्टबाट संक्रमित भएका १४ सय ६७ जनामध्ये ५५ प्रतिशतभन्दा बढी अस्पताल भर्ना भएका छन्।

अस्पताल भर्ना भएकामध्ये ५१२ जना खोपको दुवै डोज लगाएका व्यक्ति छन् भने बाँकी खोप नलागएका व्यक्ति छन्। स्वतन्त्रता दिवसका रुपमा लिइने जुलाई १९ देखि बेलायतमा लकडाउन खुकुलो पारिएको थियो। बेलायतले आफ्ना नागरिकलाई अस्ट्राजेनेका, मोर्डना र फाइजर बायो एनटेक कम्पनीको खोप लगाएको छ। यी सबै खोप दुई दुई डोज लगाउनु पर्छ।

तथ्यांकहरु अनुसार बेलायतमा ७५ प्रतिशत व्यक्तिले खोपको दुवै डोज लगाइसकेका छन्। पब्लिक हेल्थ इङ्ल्याण्डले खोपको दुवै डोज लगाएका सयौं मानिसहरु डेल्टा भेरियन्टको संक्रमणपछि अस्पताल भर्ना भएको पाइएको जनाएको छ।

बेलायतमा दुवै डोज खोप लगाएका सयौं व्यक्ति संक्रमित

अमेरिकामा बेरोजगारीदर घट्यो

बेलायतमा दुवै डोज खोप लगाएका सयौं व्यक्ति संक्रमित

भारतमा कोरोना संक्रमित दर घट्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *