चीनले विश्वलाई दुई अर्ब डोज कोरोनाविरुद्ध खोप सहयोग गर्ने

एजेन्सी । चीनले यसै वर्षभित्र विश्वका विभिन्न देशलाई कम्तीमा पनि दुई अर्ब डोज कोरोनाविरुद्ध खोप सहयोग दिने भएको छ। यसै वर्षको अन्तिमसम्ममा चीनले एक करोड अमेरिकी डलर सहयोग कोभ्याक्स कार्यक्रममा गर्ने पनि बताएको छ।

चीनका राष्ट्रपति सि जिनपिङले यस वर्षको अन्त्यसम्ममा चीनले विश्वका खाँचो परेका देशलाई कम्तीमा पनि दुई अर्ब डोज खोप दिने बताएका हुन्।

कोभिड–१९ को अप्रेसन फोरमको बिहीबारको बैठकमा राष्ट्रपति सि जिनपिङले आगामी दिनमा खोपको खाँचो हुने धेरै देश हुने भएकाले ती देशलाई यो खोप उपलब्ध गराउने सन्देश पठाएका हुन्।

उनले पठाएको लिखित सन्देशमा कोभ्याक्सअन्तर्गत दिइएको एक करोड अमेरिकी डलर बराबरको आर्थिक सहयोगबाट किनिएको खोप विश्वका विकासशील देशका लागि उपलब्ध गरिने बताएका हुन्।

राष्ट्रपति जिनपिङले चीनले कोभिड–१९ का विरुद्धमा विश्व समुदायलाई एकत्रित गर्ने काममा चीनले भूमिका निर्वाह गर्ने बताए।

उनले विश्व यो महामारीबाट आक्रान्त भएकाले यसविरुद्ध विश्व नै एक भएर लड्नुपर्ने भन्दै चीन महामारीविरुद्ध विश्व समुदायलाई एकै स्थानबाट लड्ने वातावरण सिर्जना गर्ने काममा लागेको पनि बताएका हुन्।

चीनले विश्वलाई दुई अर्ब डोज कोरोनाविरुद्ध खोप सहयोग गर्ने

हिरोशिमा बम विस्फोटको ७६ औं वर्ष, हतियार

Leave a comment

Your email address will not be published. Required fields are marked *