हिरोशिमा बम विस्फोटको ७६ औं वर्ष, हतियार मोह त्याग्न जापानको आग्रह

काठमाडाैं : जापानी सहर हिरोशिमामा भएको आणविक बम विस्फोटको ७६ औँ वर्ष पुगेको दिन शुक्रबार हिरोशिमा शहरले परमाणु प्रतिरोधलाई त्याग्न आह्वान गरेको छ।

यो वर्ष हिरोशिमा शहरले अगस्ट ६, १९४५ मा शहरमा बम विस्फोट गराइँदा भएको क्षतिलाई फेरि एक सानो स्मृति समारोहमार्फत स्मरण गरेको छ। शुक्रबार बिहान ८ः१५ बजे शान्ति स्मारक पार्कमा एकछिन मौनधारण गरिएको छ।

सन् १९४५ को अगस्त ६ को बिहानी समयमा यस सहरमा बम विस्फोट भएको थियो। जापानस्थित क्योदो न्युजले जापानी अधिकारीलाई उद्धृत गरी भनेको छ, ‘जापानी प्रधानमन्त्री योशिहिदे सुगाले आफ्नो सम्बोधनमा गम्भीर सुरक्षा वातावरण र यस मामिलामा राष्ट्रहरूको स्थानबीच मतभेद बढ्दै गएको बेला आणविक निःस्त्रीकरणतर्फ ‘निरन्तर यथार्थवादी पहलहरू’ गर्नुपर्ने आवश्यकतामाथि जोड दिएका छन्।

हिरोशिमा शहरका मेयर काजुमी मात्सुईले देशलाई आणविक प्रतिरोधमा विश्वास गर्नुको सट्टा आगामी निर्माणमा लागि सम्वादमा लाग्न आग्रह गरेका थिए।

दोस्रो विश्वयुद्धका बेला जापानलाई आत्मसमर्पण गर्न बाध्य पार्ने आक्रामक प्रयासमा संयुक्त राज्य अमेरिकाले सन् १९४६ अगस्ट ६ मा हिरोशिमामा परमाणु बम खसालेको थियो। यसको तीन दिनपछि वासिङ्टनले जापानी शहर नागासाकीमा अर्को परमाणु बम खसालेको थियो।

ती दुई घटनामा हजारौं मानिसको ज्यान गएको थियो भने नागासाकी बम विस्फोट भएको छ दिनपछि जापानले आफ्नो पक्षबाट युद्धको अन्त्य गर्दै सहयोगी सेनासहित अगस्त १५ मा आत्मसमर्पण गरेको थियो।

हिरोशिमा बम विस्फोटको ७६ औं वर्ष, हतियार मोह त्याग्न जापानको आग्रह

चीनले विश्वलाई दुई अर्ब डोज कोरोनाविरुद्ध खोप

हिरोशिमा बम विस्फोटको ७६ औं वर्ष, हतियार मोह त्याग्न जापानको आग्रह

तालिबानद्वारा अफगानिस्तानको एक प्रान्तीय राजधानी कब्जा

Leave a comment

Your email address will not be published. Required fields are marked *