तीन वर्षसम्म प्रेम परिवारकै सल्लाहमा विहे

भन्न त मान्छेहरु मायाको खेल सजिलो छैन भन्छन् । अर्थात आफूले मन पराएको मान्छेलाई पाउनु धेरैका लागि कठिन हुन्छ । मन पराउँदैमा प्रेम हुने पनि होइन । तर जब एकले अर्काको भावना र विचार बुझ्छन्, तब विस्तारै प्रेम फुल्न थाल्छ । बर्षौसम्म चिनजान नभएका र बोलचाल नै नभएकाहरु पनि नजिक हुन्छन् । दुखमा सहयोग र सुखमा साथ दिन्छन् । एकले अर्काको मन जितेपछि विस्तारै प्रेम सम्वन्ध विवाहमा परिणत हुन्छ । यस्तै भयो सुर्खेतका वीरबहादुर रेग्मी र जानकी घर्तीको जीवनमा पनि । स्कुल पढ्दा देखादेख भयो । प्लसटुमा पढ्दा बोलचाल भयो । र अशल साथी हुँदै प्रेमजोडी बने । अनि सँगै जीउने कसम खाँदै बिवाह पनि गरे । प्रस्तुत छ, यो जोडिसँग गरिएको कुराकानीको सम्पादित अंश : 

वीरबहादुर रेग्मी र जानकी घर्ती

सँगै पढ्दा पनि बोलचाल भएन

वीरबहादुर रेग्मी र जानकी घर्तीबिचमा सानोमा चिनजान थिएन । वीरबहादुरको घर अहिलेको गुर्भाकोट नगरपालिकाको वडा नम्बर १३ मा थियो । त्यस्तै २०६४ सालमा ८ कक्षा पढ्न जानकी गुमी गइन् । त्यहीबेला दुई जनाबिच एकअर्कामा देखादेख भए पनि बोलचाल भने हुन सकेको थिएन ।

जब उनीहरु एसएलसी पास गरेर प्लसटुमा भर्ना भए । तिहारको बेला थियो, प्लसटु पढ्ने विद्यार्थीहरुले देउसी खेल्ने निर्णय गरे । जानकीले त्यो देउसीमा सहभागी हुन पाइनन् । उनीहरुसँगै जानकीको भाउजु पनि पढ्थिन् । जानकीको भाउजु चाँही देउसी खेल्न गइन् । त्यसपछि शैक्षिक भ्रमणमा भने वीरबहादुर र जानकी सँगै गए । त्यतीबेलासम्म पनि उनीहरुको बोलाचाल भएन ।

घुम्न जाँदा कुराकानी

शैक्षिक भ्रमणको क्रममा उनीहरु टिकापुर जाँदै थिए । धेरै विद्यार्थीहरु हुँदा बसमा सिटहरु खाली थिएन । अनि वीरबहादुरले जानकीलाई आफु बसेको सिट छोडिदिए । हिउँदको समय थियो । जानकीले बसको झ्याल खोलेपछि वीरबहादुरले त्यो झ्याल बन्द गरिदिनु त भनेर पहिलो पटक बोलेका थिए ।

वीरबहादुरलाई जानकीसँग बोल्ने धेरै इच्छा थियो । तर बोलाउन भने सकेका थिएनन् । वीरबहादुरले जानकीको नम्बर लिनुपर्छ भनेर सोच बनाइरहेका थिए । जानकी र जानकीको भाउजु एउटै सिटमा थिए । उनले भाउजुमार्फत जानकीको मोवाइल मागे । अनि उनले जानकीको नम्बरबाट आफ्नो मोवाइलमा फोन हाने । उनलाई अब भने ढुक्क भयो कुराकानी गर्न पाइन्छ भनेर ।

अनि प्रेम प्रस्ताव

उनीहरुले जहिले एकअर्कालाई देखेका थिए, त्यतीबेलादेखि नै एकअर्कालाई मन पराउँथे । तर दुबैले भन्न सकिरहेका थिएनन् । शैक्षिक भ्रमण सकेर आइसकेपछि उनीहरुबिचमा म्यासेजमा कुराकानी हुन थाल्यो । त्यतीबेला वीरबहादुरले अपरिचित भएर म्यासेज गर्थे ।

जानकीलाई म्यासेज गर्ने व्यक्ति वीरबहादुर नै हो भन्ने लाग्थ्यो । वीरबहादुरले धेरै म्यासेज गर्न थालेपछि जानकीले को हो ? भनेर कल गरिन् । वीरबहादुरले बल्ल आफ्नो परिचय खुलाए । अनि उनीहरु एकअर्काबिचमा कुराकानी गर्दै गए । त्यसपछि वीरबहादुरले जानकीलाई मन पराएको भन्दै प्रेम प्रस्ताव राखे ।

जानकीले पनि वीरबहादुरलाई मन पराएकी थिइन् । तर वीरबहादुरले प्रेम प्रस्ताव राखेपछि जानकीले इन्टरकाष्टलाई स्वीकार नहुन सक्छ भनेपछि वीरबहादुरले दुबैतर्फको परिवारलाई कन्भिन्स गर्ने जिम्मेवारी मेरो भनेपछि जानकीले पनि त्यो प्रस्तावमा सहमती जनाइन् ।

परिवारकै सल्लाहमा भागी विहे

तीन बर्षसम्म प्रेम गरेका उनीहरु बिवाह गर्ने निर्णयमा पुगे । त्योभन्दा अगाडी उनीहरुले आफ्नो परिवारमा यो विषयमा जानकारीसमेत गराएका थिए । घरमा पनि केटाकेटीको मन मिलेपछि दुबैतर्फको परिवारले स्वीकार गरे । वीरबहादुर बिवाह गर्न भन्दै जानकीको घरमा गए । बिवाह गर्नेबेला उनले एकजना साथीलाई लिएर गएका थिए । घरपरिवारको सल्लाहमै उनीहरुले भागेर २०७० सालमा बिवाह गरे ।

बिहेपछिको कडा संघर्ष

वीरबहादुरले गाउँकै विद्यालयमा पढाउँथे । आफ्नो पढाइ र पढाउने काम गर्थे । सानैदेखि संघर्षशिल उनी बिवाहपछि भने धेरै संघर्ष गनुपर्यो । घरको सबै जिम्मेवारी उनको काँधमा थियो । घरखर्च टार्नेदेखि आफ्नो पढाइलाई निरन्तरता दिनुपर्ने एकातिर थियो भने अर्कोतिर विद्यालयमा पढाउन जानुपथ्र्यो ।

जसोतसो घरखर्च र दुबै जनाको पढाइ खर्च जुटेकै थियो । तर विविध कारण उनले पढाइरहेको विद्यालय छोड्नुपर्यो । उनीहरुका संघर्षका दिन अझै बढ्दै गए । घरमा आर्थिक अभाव हुन थाल्यो । पैसा नभएकै कारण केही समय उनीहरुले आफ्नो पढाइलाई ब्रेक लगाउनुपर्यो । धेरै संघर्ष गर्दै आएका उनीहरुले केही काम गर्न एक हजार रुपैयाँ पाउन पनि समस्या थियो ।

यस्तै संघर्ष गरे पनि आर्थिक अभाव भने चुलिएको थियो । जानकीलाई गाउँकै एउटा विद्यालयमा ट्युशन पढाएपछि घर खर्च चलाउन केही सहज भयो । त्यसपछि सुर्खेतको सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) मा सहजकर्ताको रुपमा जानकीले काम गर्ने मौका पाइन् । त्यसपछि उनीहरुको आर्थिक अवस्था सुधार हुँदै गयो । अनि दुबैले ग्लोवल एक्सन नेपालमा बिग ब्रदर र बिग सिस्टर पदमा काम गर्ने अवसर पाएपछि उनीहरुलाई केही सहज त भयो ।

तर आर्थिक अभाव भने कायमै रह्यो । वीरबहादुर भारत समेत गए । यता जानकीले काम गर्दै आएको ग्लोवल एक्सन नेपालमा सामाजिक परिचालकको रुपमा नियुक्ती पाएपछि आर्थिक अवस्था सुधार भयो र रोकिएको पढाइलाई उनीहरुले निरन्तरता दिए । लामो संघर्षपछि जानकी अहिले सामाजिक संस्थामा कार्यरत छन् भने विरुले आफ्नो उच्च शिक्षा हासिल गर्न लागेका छन् । अहिले दुबैजना सन्तुष्ट र खुशी छन् ।

कस्तो थियो बाल्यकाल ?

वीरबहादुर बुवा टिकाराम रेग्मी र आमा नन्दकला रेग्मीको कोखबाट २०४८ साल पुष महिनाको ९ गते सुर्खेतको साविकको गुमी गाविस र अहिलेको गुर्भाकोट नगरपालिका १३ सेरामा जन्मिएका हुन् । सामान्य परिवारमा जन्मिएका उनका बुवाले मजदुरी गर्थे ।

उनी घरको कान्छो छोरा हुन् । सानैदेखि मेहेनती र पढाइमा लगनशिल उनले आनन्द मावि गुमीबाट २०६६ सालमा एसएलसी पास गरे । प्लसटु २०६९ सालमा गरे । बिएड भेरी शिक्षा क्याम्पस गुमीबाट २०७४ सालमा पास गरे ।

यता जानकी बुवा हर्कबहादुर घर्ती र आमा गौमाया घर्तीको कोखबाट विसं २०४९ साल मंसिर १३ गते सुर्खेतको चिङ्खाड गाउँपालिका वडा नम्बर १ च्यारकुलेमा जन्मिएकी हुन् । सामान्य परिवारमा जन्मिएकी उनका बुवाले कृषि पेशा गर्थे । उनी पनि सानैदेखि मेहेनती र लगनशिल थिइन् ।

उनले काँफल र डौडेँ बेचेर आफ्नो पढाइ खर्च निकाल्थिन् । ७ कक्षा गाउँकै विद्यालयमा पढेकी उनी ८ कक्षादेखि आनन्द मावि गुमीमा पढिन् । त्यही विद्यालयबाट २०६६ सालमा एसएलसी गरेकी उनले २०६९ सालमा प्लसटु गरिन । भेरी शिक्षा क्याम्पसबाट विएड गरेकी उनको सानैदेखिको गम्भिर स्वभावकी छन् ।

सल्लाह र सहकार्य

यो जोडीले जुनसुकै काम गर्दा पनि सल्लाह र आपसी समझदारीमा गर्दछन् । काम गर्नुभन्दा पहिले उनीहरु बिचमा छलफल हुन्छ । र काम बाँडफाँड गरेर अगाडी बढाउने गर्दछन् । उनीहरुको योजना जहिले पनि समझदारीमा हुने गर्दछन् । सानो सानो कुराहरु पनि सरसल्लाह गरेर काम गर्छन् ।

दुवैजना हरेक काम गर्दा एकअर्काको सहकार्य र सहयोग विना कुनै काम गर्दैनन् । यो जोडी कहिलेकाँही फुर्सद मिलाएर रमाइला ठाउँहरुमा घुम्न पनि जान्छन् । घरको खाना बनाउने र भाँडा माझ्ने बेला पनि बाँडफाँड गरेर दुबै जनाले काम गर्छन् ।

सहनशिल र सोचेर काम गर्ने जानकीको बानी वीरबहादुरलाई मनपर्छ भने सहयोगी महत्वपूर्ण निर्णय र सल्लाह सुझाव दिने वीरबहादुरको बानी जानकीलाई मनपर्छ । आपसी विश्वास र सहकार्यले नै सम्बन्धमा खटपट नल्याउने उनीहरुको बुझाइ छ । त्यही भएर नै उनीहरु सफल जोडी बन्न सफल भएका छन् । उनीहरुले सम्बन्ध टिकाउन एकअर्कालाई विश्वास गर्नुपर्ने र जुनसुकै काममा पनि सल्लाह गर्नुपर्ने सुझाव दिन्छन् ।

तीन वर्षसम्म प्रेम परिवारकै सल्लाहमा विहे

४२ पिन्ट रगत संकलन

तीन वर्षसम्म प्रेम परिवारकै सल्लाहमा विहे

सुर्खेतकाे बबईबाट १४ लाख बढिकाे अवैध खाद्य

Leave a comment

Your email address will not be published. Required fields are marked *