साउदी अरबले चिनियाँ खोपलाई मान्यता नदिँदा पाकिस्तानमा समस्या

एजेन्सी । हज, व्यापार रोजगारीका लागि साउदी अरब जान खोज्ने पाकिस्तानी नागरिकले समस्या भोगेका छन्। साउदी अरबले चीन निर्मित कोभिड भ्याक्सिन लगाएकाको प्रमाणपत्रलाई मान्यता नदिँदा यस्तो भएको हो।

गृहमन्त्री शेख रशीद अहमदका अनुसार यो समस्या सल्ट्याउन प्रधानमन्त्री इमरान खानले नै मध्यपूर्वका देशसँग कुरा गरिरहेका छन् ।

चीनमा बनेको भ्याक्सिनलाई मान्यता नदिने मुलुकहरूमध्ये साउदी अरब पनि एक हो। जबकी, विश्व स्वास्थ्य संगठनले हालै चीननिर्मित दुई भ्याक्सिन सिनोफार्म र सिनोभ्याकलाई मान्यता दिइसकेको छ।

साउदी अरबले भने फाइजर, एस्ट्राजेनेका, मोर्डना र जोनसन एण्ड जोनसनका कोभिड भ्याक्सिनलाई मात्रै मञ्जुरी दिएको छ।

साउदी अरबले चिनियाँ खोपलाई मान्यता नदिँदा पाकिस्तानमा समस्या

चीनमा कोइला खानीभित्र ग्यास विस्फोट हुँदा आठ

साउदी अरबले चिनियाँ खोपलाई मान्यता नदिँदा पाकिस्तानमा समस्या

बोको हरामका नाइके अबुबकारले आत्महत्या गरेको दाबी

Leave a comment

Your email address will not be published. Required fields are marked *