चीनमा कोइला खानीभित्र ग्यास विस्फोट हुँदा आठ जनाको मृत्यु

एजेन्सी । चीनको उत्तरपूर्वमा रहेको हेलोङच्याङ प्रान्तमा कोइला खानीमा ग्यासको विस्फोट हुँदा कम्तीमा आठजना सम्पर्कविहीन भएका स्थानीय अधिकारीले शनिबार बताएका छन् ।

विस्फोटपछि उनीहरूलाई जीवितै भेट्टाउने सम्भावना क्षीण रहेको अधिकारीहरूले बताएका छन् ।

चिनियाँ समाचार संस्था सिन्ह्वाले स्थानीय अधिकारीलाई उद्धृत गरी ज्यासी शहरको कोइलाखानीमा लङ्मे माइनिङ होल्डिंग ग्रुप कम्पनी लिमिटेडद्वारा संचालित कोइला खानीमा दुर्घटना भएको जनाएको छ।

उद्धारकर्मीहरूले वेपत्ता श्रमिकहरूको खोजी र उद्धार प्रयासहरू गरिरहेको, तर आइतबार साँझसम्म उनीहरूको अवस्था थाहा हुन नसकेको बताएका छन् ।

चीनमा कोइला खानीभित्र ग्यास विस्फोट हुँदा आठ जनाको मृत्यु

बेलायती राजकुमार ह्यारीलाई पुत्री लाभ

चीनमा कोइला खानीभित्र ग्यास विस्फोट हुँदा आठ जनाको मृत्यु

साउदी अरबले चिनियाँ खोपलाई मान्यता नदिँदा पाकिस्तानमा

Leave a comment

Your email address will not be published. Required fields are marked *