बेलायती राजकुमार ह्यारीलाई पुत्री लाभ

एजेन्सी ।  बेलायतका राजकुमार ह्यारी र मेघनलाई पुत्री लाभ भएको छ। राजपरिवार छोडेर अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका ड्युक र डचेज अफ ससेक्सले आफ्नो दोस्रो बच्चा छोरीको जन्म भएको जानकारी दिएका छन्।

उनीहरुले आफ्नो छोरी लिलीबेट ​’लिली डायना माउन्टबेटन विंडसर’को जन्म अमेरिकाको क्यालिफोर्नियास्थित सेन्ट बार्बरा अस्पतालमा भएको जानकारी दिएका हुन्।

ह्यारी र मेघनले जारी गरेको विज्ञप्तिमा बच्चा र आमा दुवैको स्वास्थ्य राम्रो रहेको उल्लेख गरिएको छ।

दुवैले छोरीको नाम ‘लिलीबेट’ राजपरिवारकी महारानी तथा जिजु हजुरआमाको निकनेमको आधारमा राखेको तथा बिचको नाम हजुरआमा डायनाको सम्मानमा राखेको बताएका छन्।

यसअघि २०१९ मा ह्यारी र मेघनले छोरा आर्चीलाई जन्म दिएका थिए।

बेलायती राजकुमार ह्यारीलाई पुत्री लाभ

बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना

बेलायती राजकुमार ह्यारीलाई पुत्री लाभ

चीनमा कोइला खानीभित्र ग्यास विस्फोट हुँदा आठ

Leave a comment

Your email address will not be published. Required fields are marked *