बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना

काठमाडौं । बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन्। हिजो अचानक मुटुमा समस्या आएपछि श्रेष्ठ गंगालाल अस्पताल भर्ना भएका थिए ।

उनको मुटुको एन्जियोप्लास्टी गरिएको उपचारमा संलग्न डा धर्मा यादवले बताए। हिजो गंगालाल भर्ना भई एन्जियोप्लास्टी गरेपछि सघन उपचार कक्ष (आइसियू) मा राखिएका भएका श्रेष्ठलाई आज डिलक्स रुममा सारिएको समेत डा यादवले बताए। हाल उनको अबस्था खतरा मुक्त रहेको पनि उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

केही अघि मात्र उनी कोरोना संक्रमणबाट मुक्त भएर घरमा आराम गरिरहेका थिए ।

बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना

असार १ देखि शैक्षिक शत्र सुरु गर्ने

बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना

बेलायती राजकुमार ह्यारीलाई पुत्री लाभ

Leave a comment

Your email address will not be published. Required fields are marked *