असार १ देखि शैक्षिक शत्र सुरु गर्ने तयारीमा सरकार

काठमाडौं : सरकारले आगामी असार १ गतेबाट विद्यालयस्तरीय कक्षा संचालन गर्ने भएको छ ।  आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूसँग छलफल गर्दै वैकल्पिक विधि प्रयोग गरेर शैक्षिक सत्र कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

शैक्षिक सत्र संचालन र व्‍यवस्थापन गर्न स्थानीय तहलाई सम्पूर्ण अधिकार रहेकोले वैकल्पिक सिकाइ कार्यविधि कार्यान्वयन गरी कक्षा सञ्चालन गर्न सकिने मन्त्रालयले बताएको छ ।

यसै सन्दर्भमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता तथा सहसचिव दीपक शर्मासँग आगामी शैक्षिक सत्र कसरी संचालन हुन्छ? कस्तो व्यवस्था गरिएको छ? भन्‍ने प्रश्नमा कुराकानीमा प्रवक्ता शर्माले विद्यार्थीको सिकाईलाई रोक्न नहुने भएकोले भौतिक रुपमा पठनपाठन गर्न सम्भव नभए पनि बैकल्पिक माध्यमबाट सिकाईलाई निरन्तरता दिन शैक्षिक सत्र सुरु गर्न लागेको बताए।

विद्यार्थी जो जहाँ छन् त्यहाँ बसेर आफ्नो सिकाइलाई निरन्तरता दिन सकून भन्ने मन्त्रालयको निष्कर्ष रहेको उनले बताए। विद्यार्थीको परीक्षा मुल्यांकन गर्ने विभिन्न विधि प्रक्रिया अपनाउन स्थानीय सरकार र विद्यालय स्वयंले निर्णय गर्न सक्ने पनि प्रवक्ता शर्माले बताए । पाठ्यपुस्तक अघिल्लो वर्षको जस्तै विद्यार्थीको घरघरमा उपलब्ध गराउने गरी व्‍यवस्था मिलाउने प्रवक्ता शर्माले बताए।

असार १ देखि शैक्षिक शत्र सुरु गर्ने तयारीमा सरकार

दार्माको आइसोलेसन केन्द्र योग शिविर बन्यो

असार १ देखि शैक्षिक शत्र सुरु गर्ने तयारीमा सरकार

बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना

Leave a comment

Your email address will not be published. Required fields are marked *