आफ्नो बारेको गीत गाउन बन्द गर्न पार्कको आग्रह

काठमाडौं । म्यानचेस्टर युनाईटेडका पूर्व खेलाडी पार्क जी सुङले प्रशंसकहरुलाई उनको बारेमा बनेको एउटा प्रसिद्ध गीत गाउन बन्द गर्न आग्रह गरेका छन् ।उक्त गीतले कोरियनहरुले कुकुरको मासु खान्छ भन्ने कुरालाई इन्कित गर्दछ । दक्षिण कोरियाली स्टार पार्कले समर्थकहरुलाई अपमान गर्ने बारेमा नसोचेपनि सो गीतले युवा खेलाडीहरुलाई असहज महसुस गराउने कुरामा सचेत हुनुपर्ने बताए । पार्कले युनाईटेका लागि २ सय खेल खेल्दा धरै उपाधिहरु जिताएका थिए । जसमध्ये चारवटा प्रिमियर लिग तथा एउटा च्याम्पियन्स लिगको उपाधि थियो ।

उनले सन् २०१२ मा क्लब छाडेपनि समर्थकहरुले अझैपनि उनको गीत आउछन् र यसै सिजनमा उल्भ्सविरुद्धको खेलमा पनि गाएका थिए ।उल्भ्सले हालसाथै दक्षिण कोरियाका हि-चान ह्वाङलाई क्लबमा भित्र्याएका छन् ।कोरियामा धेरै कुराहरु परिवर्तन भइसकेको छ । विगतमा मानिसहरुले कुकुर खाने भएपनि अहिलेको अवस्थामा खासगरी युवाहरुले यसलाई घृणा गर्छन,’ पार्कले भने ।

‘युनाईटेडका समर्थकले सो गीत गाउनु उनका लागि कुनै अपराध नभएपनि समर्थकहरुलाई सो शब्द ‘कुकुरको मासु’ बन्द गर्नुपर्ने भन्नेबारे सिकाउन आवश्यक रहेको छ किनभने यो अहिले कोरियाली जनताका लागि एक जातीय अपमानको रुपमा रहेको छ,’ पार्कले थपे ।यता म्यानचेस्टर युनाईटेडले आफ्नो वेवसाईटमा पार्कलाई पूर्ण रुपमा समर्थन गर्दै समर्थकहरुलाई उनको चाहनाको सम्मान गर्न आग्रह गरेको छ ।

आफ्नो बारेको गीत गाउन बन्द गर्न पार्कको आग्रह

प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई

आफ्नो बारेको गीत गाउन बन्द गर्न पार्कको आग्रह

पर्खाल निर्माणको काम रोक्न अदालतको अन्तरिम आदेश

Leave a comment

Your email address will not be published. Required fields are marked *