दोहोरो अंकले बढ्यो सेयर बजार, सात कम्पनीका सेयरमा सकारात्मक सर्किट

काठमाडौं । लगातार घटिरहेको सेयर बजार कारोबार हुने साताको तेस्रो दिन दोहोरो अंकले बढेको छ । मंगलबार सेयर बजार परिसूचक नेप्से ४१ दशमलव ८४ अंकले बढेर २ हजार ६ सय १२ विन्दुमा पुगेको छ ।

यस दिन व्यापार समूह बाहेक अन्य सबै समूहका सेयर मूल्य बढेका छन् । सबै भन्दा धेरै जीवन बीमा समूह ३ सय ७ अंकले बढ्दा, निर्जीवन बीमा २ सय ६५ र विकास बैंक १ सय ४० अंकले बढेका छन् । म्युचल फन्ड र लगानी समूहमा झिनो सुधार देखिएको छ ।

यस्तै, मंगलबार कारोबार भएकामध्ये सात कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किक लागेको छ । मल्टिपर्पोज फाइनान्स, समता घरेलु लघुवित्त, हिमालयन पावर पार्टनर, मैलुङखोला जलविद्युत्, सिभिल लघुवित्त, छ्याङ्दी हाइड्रोपावर र जनउत्थान सामुदायिक लघुवित्तका सेयर मूल्य १० प्रतिशतले बढेका हुन् ।

यस दिन २ सय २३ कम्पनीका ५८ लाख ४२ हजार कित्ता सेयरको किनबेच हुँदा २ अर्ब ९९ करोड ६८ लाख १९ हजारको कारोबार भएको छ । २१ अर्बसम्मको कारोबार भएको सेयर बजारमा अहिले कारोबार रकम घटेको छ । लामो समय सेयर बजार घटेका कारण लगानीकर्ता सेयर होल्ड गर्न चाहिरहेका छन् ।

दोहोरो अंकले बढ्यो सेयर बजार, सात कम्पनीका सेयरमा सकारात्मक सर्किट

चितवनमा बाघको आक्रमणबाट एक युवक बेपत्ता

दोहोरो अंकले बढ्यो सेयर बजार, सात कम्पनीका सेयरमा सकारात्मक सर्किट

डोटीमा कुष्ठरोगीको सङ्ख्या थपिँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *