१५०० जनाले एकैपटक मःमः खाएर गिनिजबुकमा नाम लेखाउने प्रयास

नेपालको मौलिक खानाको रुपमा रहेको मःमःलाई अन्तर्राष्ट्रिय स्तरमा ब्राण्डिङ गर्नको लागि गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गराउने तयारी सुरु भएको छ।

गिनिज बुकको डिजिटल माध्यमबाट समेत आफ्नो प्रतिभा देखाउन सकिने नयाँ नियम अनुसार नेपालीहरूले एकसाथ म:म: खाएर वर्ल्ड रेकर्ड कायम गराउनको लागि यो अभियान सुरु भएको हो ।

यो अभियानमा जोडिनको पैसा लाग्दैन ।

यस अभियान अन्तर्गत् १५०० जना जुममार्फत् जोडिएर एकैसाथ मःमः खान लागिएको छ । त्यसको लागि इच्छुक व्यक्तिलाई फेसबुक पेज मार्फत् जोडिन आह्वान गरिएको छ।

उक्त अभियानमा अष्ट्रेलियामा बस्ने दीपेश श्रेष्ठ, रहेन्द्र श्रेष्ठ र आशिषराज आचार्यले आयोजना गरेका हुन् ।

नेपाली परम्परागत खानाको प्रचारप्रसार गर्ने उद्देश्यले मःमः खाएर गिनिज बुकमा नाम लेखाउने प्रयास गरिएको आयोजकमध्येका एक दीपेश श्रेष्ठले जानकारी दिए ।

यसको यकिन मिति तय नभइसकेको भए पनि यसमा सहभागी हुन इच्छुक १५०० जना पुगेपछि यसको मिति तय गर्ने तयारी रहेको आयोजकमध्येका श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार अहिले गिनिजबुकले डिजिटल माध्यमबाट पनि आफ्नो प्रतिभा देखाउन सक्ने प्रावधान अन्तर्गत गत नोभेम्बरमा लण्डनका १२९ जनाले पिस एण्ड चेप्स खाएर गिनिज बुकमा रेकर्ड राखेका थिए ।

‘रेकर्ड राख्नको लागि अब १३० जनाले सँगै बसेर खाना खाए पनि हुन्छ । तर फेरि सहजै अरुले रेकर्ड नतोडून् भनेर १५०० जनासँगै बसेर मःमः खाने लक्ष्य राखिएको हो’ श्रेष्ठले भने ‘मासुको डल्लोलाई पिठोले बेरेर परिबार बनाउने संस्कार नेपालबाहेक अन्त पनि छ । तर मःमःको संस्कार अन्त छैन ।

संसारका सबै इण्डियन रेस्टुरेन्टमा मःमः पाइन्छ र यसलाई भारतीय परिकारको रुपमा ब्राण्डिङ गर्न थालिएकोले यसलाई नेपाली परिकारको रुपमा गिनिजबुकमा नाम लेखाउन लागिएको हो ।’

नेपालीहरुमा अनेकतामा एकता रहेको जस्तै मःमः भित्रपनि अनेकतामा एकतायुक्त परिकार रहेकोले त्यसलाई गिनिजबुकको रेकर्डका लागि छनोट गरिएको श्रेष्ठ बताउँछन्।

अहिले उक्त अभियानका लागि फेसबुकमा मःमः वल्र्ड रेकर्ड नामको अभियान समेत चलेको छ ।

यो अभियान अन्तर्गत् तोकिएको दिन र तोकिएको समयमा जुममा अनलाइन आएर १ प्लेट (१० वटा म:म:) खानु पर्ने उल्लेख छ । जसमा आफ्नो रुचि अनुसार जुन म:म: खान पनि सकिन्छ ।

१५०० जनाले एकैपटक मःमः खाएर गिनिजबुकमा नाम लेखाउने प्रयास

अक्सिमिटर : किन प्रयोग गर्ने र कति

१५०० जनाले एकैपटक मःमः खाएर गिनिजबुकमा नाम लेखाउने प्रयास

काफल पाकेसँगै किन कराउँछ ‘काफल पाक्यो चरी’

Leave a comment

Your email address will not be published. Required fields are marked *